ललितपुरमा भएको दुर्घटनामा दुई जनाको मृत्यु « Khabarhub

ललितपुरमा भएको दुर्घटनामा दुई जनाको मृत्यु


५ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ललितपुरमा दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका–९ चुनिखेलमा बा२ख ५००९ नम्बरको बसले स्थानीयवासी नवीन घिमिरेलाई किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईका अनुसार बसले ब्रेक लगाउँदा घिमिरे ढोकाबाट खसेका थिए । चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको छ ।

मंगलबारै ललितपुर महानगरपालिका–८ ग्वार्कोमा बा४ख ९०५५ नंको ट्रकले ठक्कर दिँदा इमाडोल बस्दै आएका सिन्धुपाल्चोकको गोल्छेका ४० वर्षीय राजकुमार तामाङको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते पैदलयात्री तामाङको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  ६ : ०६ बजे

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र