झिनो अङ्कले बढ्यो नेप्से « Khabarhub

झिनो अङ्कले बढ्यो नेप्से


५ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार भने सामान्य अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.४० विन्दुले बढेर एक हजार १३४.७९ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.५० विन्दुले बढेर २४८.४९ विन्दुमा पुगेको छ ।

कारोबार रकम सोमबारकै हाराहारीमा रहेको छ । कूल १५५ कम्पनीको ६ लाख ४५ हजार ४५३ कित्ता शेयर रु १६ करोड ५२ लाख ९६ हजार पाँच बराबरको कारोबार भएका छन् । स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये छ उपसमूहको शेयर बढेको छ भने पाँच उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ४.४५, विकास बैंक १.६२, जलविद्युत् १.३७, उत्पादन ९.४५, लघुवित्त १.२७, जीवन बीमा १९.०६ विन्दुले बढेको छ ।

यस्तै होटल ७.९९, वित्त ०.३, निर्जीवन बीमा १७.७१, अन्य ३.४३ र सामूहिक लगानी कोष ०.०१ विन्दुले घटेको छ । स्टकका अनुसार आज कारोबारका आधारमा नबिल बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु एक करोड ३२ लाख २३ हजार ५५ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ । यस्तै प्रभु बैंक रु एक करोड तीन लाख १५ हजार ६०३, एनआईसीएशिया बैंक रु ९४ लाख ६३ हजार ८४६, एभरेष्ट बैंक रु ८६ लाख ९८ हजार १७, एनसीसी बैंक रु ६१ लाख ७१ हजार ५०७, नेपाल इन्भेस्टमेन्ट बैंक रु ५८ लाख ६० हजार ६१८ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ ।

स्टकका अनुसार लक्ष्मी इक्विटी फण्ड ५.३०, हिमालयन डिस्टिलरी ३.९९, सूर्या लाइफ इन्स्योरेन्स ३.४६, सिद्धार्थ इन्स्योरेन्स २.९४ र विजय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले २.५६ प्रतिशतले कमाए ।

यस्तै, एभरेष्ट बैंक लिमिटेड ४.९६, रिलायन्स फाइनान्स ४.४२, सगरमाथा इन्स्योरेन्स ४.०७, आशा लघुवित्त वित्तीय संस्था ४.०५, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था ३.९६ र एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३.३३ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  ६ : ३१ बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान