खानेपानी पाइप मर्मतका लागि सेना परिचालन | Khabarhub Khabarhub

खानेपानी पाइप मर्मतका लागि सेना परिचालन


५ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलकोट- बागलुङ बजारमा वितरण भइरहेको खानेपानी पहिरोका कारण अनियमित भएपछि सेनाको सहयोगमा मर्मत कार्य शुरु गरिएको छ । गत असोजको वर्षाले बागलुङ नगरपालिका–३ बोक्सेमा गएको पहिराले बागलुङ बजारमा आउने खानेपानीको पाइप बगाएपछि खानेपानीको आपूर्ति नियमित हुन सकेको छैन ।

ठूलो पहिरो भएका कारण तत्कालै मर्मत कार्य गरे पनि पटकपटक पाइप फुट्न थालेपछि व्यवस्थित तरिकाले मर्मत थालिएको हो । मर्मतमा लागि २३ नम्बर सैनिक अड्डा सेराडिल ब्यारेक बागलुङमा रहेका नेपाली सेनाको सहयोग ल्याइएको बागलुङ नगर खानेपानी उपभोक्ता संस्थाका प्रबन्धक हिमाल शर्माले जानकारी दिए ।

कर्मचारीले मात्र ठूलो काम गर्न समय लाग्ने भएका कारण सेनाको सहयोग मागिएको खानेपानी उपभोक्ता संस्थाले जनाएको छ । पहिरोले पानीको पाइप बगाउँदा बजार क्षेत्रभित्र पर्याप्त पिउने पानी उपलब्ध गराउन समस्या हुँदै आएको उपभोक्ता संस्थाका अध्यक्ष हरिप्रसाद श्रेष्ठले बताए ।

रेशबाट ल्याइएको पानीको पाइप पहिरोका कारण पटकपटक बगाएपछि त्यसलाई दीर्घकालीन व्यवस्थापनका लागि सेना परिचालन गरिएको श्रेष्ठले बताए । “नेपाली सेनाको सहयोगबाट पहिरोग्रस्त क्षेत्रमा ढुङ्गा लैजाने, ग्याबिन चिन्ने काम भइरहेको छ”, प्रबन्धक शर्माले भने, “नेपाली सेनाले हामीलाई पटकपटक अप्ठ्यारो पर्दा सहयोग गर्दै आएको छ ।”

एक हप्ता अगाडि नेपाली सेनाको १५ जनाको टोलीले उक्त स्थानमा सहयोग गरेको थियो भने मङ्गलबार १७ जनाको समूहले सहयोग गरेको शर्माले जानकारी दिए । शर्माका अनुसार आवश्यकताअनुसार सेनाको सहयोग लिइने छ ।

काठेखोला गाउँपालिका–७ रेशबाट बागलुङ बजारमा पिउनका लागि पानी ल्याइएको छ । मर्मत कार्य तदारुकताका साथ भइरहेको र केही दिनभित्र काम सम्पन्न हुने संस्थाले जनाएको छ । बागलुङ बजार क्षेत्रभित्र रिठेखोला मुहान, रेश खोला मुहान र भुदी खोला मुहानबाट पिउनका लागि पानी ल्याइँदै आएको हो ।

अहिले रिठेखोलाबाट ३.५ लिटर प्रतिसेकेण्ड, रेशबाट १७ लिटर प्रतिसेकेण्ड र भुदीबाट १७ लिटर प्रतिसेकेण्ड पानी दैनिक आउने गरेको छ । अहिले तीनवटा मुहानबाट ल्याइएको पानी अपुग भएपछि काठेखोलाको लिफ्टमार्फत बागलुङ बजारमा ल्याउने कार्य धमाधम भइरहेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  ६ : ५० बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड