बाघको छालासहित दुई जना पक्राउ « Khabarhub

बाघको छालासहित दुई जना पक्राउ


५ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं‍- प्रहरीले बाघको छालासहित दुई जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले काठमाडौँ महानगरपालिका–२६ नरसिंह चोक नजिक सालकको खपटा र बाघको छालासहित नवराज न्यौपाने र केशव अर्याललाई आज पक्राउ गरेको हो ।

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक सन्तोषसिंह राठौरले झोलामा बोकेर हिँडिरहेको अवस्थामा तीन फिट ११ इञ्च लम्बाइ भएको बाघको छालासहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेकासँग प्रहरीले एक किलो ४०० ग्राम सालकको खपटासमेत बरामद गरेको छ । दुबै जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला वन कार्यालय हात्तिसार पठाइएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  ८ : १६ बजे

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

पर्यटक र तीर्थयात्रीको सहजताका लागि शिवधारा क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिकाअन्तर्गत मकालु आधार शिविर तथा धार्मिकस्थल

अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत

सान फ्रान्सिस्को – भिडियो सेयरिङ प्लेटफर्म टिकटकले सङ्घीय बालबालिकाको गोपनीयतासम्बन्धी