तस्करीको मदिरासँगै पेस्तोल बरामद « Khabarhub

तस्करीको मदिरासँगै पेस्तोल बरामद


५ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ मोहनपुरबाट सशस्त्र प्रहरीले तस्करी हुन लागेको मदिरासहित आज अवैध हतियार बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट छिन्नमस्ताले ‘मेड इन इग्लैन्ड’ लेखिएको एक थान सिक्सर पेस्तोल र सोमा लोड भएको केएफ ७.६३ लेखिएको दुई राउण्ड गोली बरामद गरेको जनाएको छ ।

सशस्त्र प्रहरी निरीक्षक नवीन बुढाथोकीको कमाण्डमा खटिएको पाँच जनाको पैदल गस्ती टोलीले २८ थान ‘कस्तुरी’ नामक मदिरासहित पेस्तोल बरामद गरेको सशस्त्र प्रहरी ६ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक उद्धव न्यौपानेले बताए ।

नेपालबाट भारततर्फ नम्बर नलेखिएको मोटरसाइकलमा मदिरा तस्करी गरिरहेको अवस्थामा तस्करले छाडेर भागेको मदिराको बोरामा पेस्तोल फेला परेको हो ।

तस्करले छाडेको मोटरसाइकल जाँच गर्दा बोराभित्र २८ थान कस्तुरी मदिरा र पेस्तोल फेला परेको सशस्त्र प्रहरी उपरीक्षक न्यौपानेले बताए। बरामद गरिएको पेस्तोल, मदिरा र मोटरसाइकल आज इलाका प्रहरी कार्यालयको जिम्मा लगाइएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  १० : १५ बजे

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ

आज २०८२ साल माघ ११ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको