तस्करीको मदिरासँगै पेस्तोल बरामद « Khabarhub

तस्करीको मदिरासँगै पेस्तोल बरामद


५ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ मोहनपुरबाट सशस्त्र प्रहरीले तस्करी हुन लागेको मदिरासहित आज अवैध हतियार बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट छिन्नमस्ताले ‘मेड इन इग्लैन्ड’ लेखिएको एक थान सिक्सर पेस्तोल र सोमा लोड भएको केएफ ७.६३ लेखिएको दुई राउण्ड गोली बरामद गरेको जनाएको छ ।

सशस्त्र प्रहरी निरीक्षक नवीन बुढाथोकीको कमाण्डमा खटिएको पाँच जनाको पैदल गस्ती टोलीले २८ थान ‘कस्तुरी’ नामक मदिरासहित पेस्तोल बरामद गरेको सशस्त्र प्रहरी ६ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक उद्धव न्यौपानेले बताए ।

नेपालबाट भारततर्फ नम्बर नलेखिएको मोटरसाइकलमा मदिरा तस्करी गरिरहेको अवस्थामा तस्करले छाडेर भागेको मदिराको बोरामा पेस्तोल फेला परेको हो ।

तस्करले छाडेको मोटरसाइकल जाँच गर्दा बोराभित्र २८ थान कस्तुरी मदिरा र पेस्तोल फेला परेको सशस्त्र प्रहरी उपरीक्षक न्यौपानेले बताए। बरामद गरिएको पेस्तोल, मदिरा र मोटरसाइकल आज इलाका प्रहरी कार्यालयको जिम्मा लगाइएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  १० : १५ बजे

तराईका घटना : रास्वपाको भूमिकाप्रति शंकर पोखरेलको प्रश्न

काठमाडाैँ – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सुनसरी, सिराहा र

अवैध कारोबारको आशंकामा विराटनगरको देवनरा समूहमा प्रहरीको छापा

विराटनगर – अवैध कारोबार तथा कर छलीको आशंकामा विराटनगरको चर्चित

सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु

झापा– झापाको कन्काई नगरपालिका– ४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट

भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

काठमाडौँ – नेपाल शिक्षक महासंघले आगामी भदौ महिनादेखि देशव्यापी आन्दोलन

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार बस्दैछ ।