भ्रमण वर्ष २०२०लाई सफल पार्न ४० देशका पर्यटनमन्त्रीलाई निमन्त्रणा « Khabarhub

भ्रमण वर्ष २०२०लाई सफल पार्न ४० देशका पर्यटनमन्त्रीलाई निमन्त्रणा


७ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष, २०२० लाई सफल पार्न विभिन्न ४० मुलुकका पर्यटन मन्त्रीलाई निमन्त्रणा पठाइएको बताएका छन्। उनले विभिन्न मुलुकका मन्त्रीसँग पर्यटन प्रवद्र्धनका विषयमा विचार आदानप्रदान गरिने उल्लेख गरे।

भ्रमण वर्षलाई लक्ष्य गरी विश्वका विभिन्न चर्चित व्यक्तित्व तथा राजनीतिक व्यक्तित्वलाईसमेत निमन्त्रणा गरिएको मन्त्री भट्टराईले बताए। ‘काठमाडौँसहित सात प्रदेश र विदेशी कूटनीतिक नियोगमा समेत आगामी जनवरी १ तारिखका दिन राष्ट्रिय महोत्सवका साथ कार्यक्रम गरिनेछ’, उनले भने।

रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा मन्त्री भट्टराईले नेपाल भ्रमण वर्षलाई लक्ष्य गरी यसअघि नै छुट्टै कार्यालय स्थापना गरिएको उल्लेख गरे। भ्रमण वर्ष सफल बनाउन आफ्नो नेतृत्वमा पटक पटक बैठक बसेको र पर्यटन क्षेत्र, निजी क्षेत्रका सङ्घसंस्था तथा सङ्गठनसँग घनिभूत छलफल गरिएको मन्त्री भट्टराईले जानकारी दिए।

सन् २०२० को जनवरी १ तारिखका दिन भ्रमण वर्षको भव्य शुरुआत गरिने र त्यसमा राजनीतिक दल, पर्यटन व्यवसायी, कर्मचारीलगायतको सहभागिता रहने उनले उल्लेख गरे। यस्तै जनवरी ७ मा नेपालको प्रतिनिधित्व गर्दै विदेशस्थित सम्पूर्ण कूटनीतिक नियोग, राजदूतावास तथा कार्यालयमा पनि भव्यताका साथ महोत्सवको सुरुआत गरिने मन्त्री भट्टराईले बताए।

सरकारले नेपालको सांस्कृतिक तथा प्राकृतिक स्थल र नयाँ हिमाल आरोहणका लागि खुला गरिने उनले जानकारी दिए। सो अवसरमा मन्त्री भट्टराईले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको ९० प्रतिशत काम सम्पन्न भएको र २०२० को मार्चसम्ममा हवाइसेवा शुरु गर्ने लक्ष्य रहेको उल्लेख गरे।

उनले सन् २०२१ भित्र सम्पन्न गर्ने गरी पोखरा विमानस्थलको काम ५० प्रतिशत पूरा भएको तथा आगामी पाँच वर्षभित्र बाराको निजगढमा विमानस्थल निर्माण गर्ने गरी काम अगाडि बढाउने योजना रहेको बताए।

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार  ६ : ५४ बजे

आज अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइँदै

काठमाडौं– आज विश्वका विभिन्न मुलकमा अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइँदै छ

गलकोट दरबारको सौन्दर्यीकरणपछि पर्यटकको आकर्षण बढ्दै

बागलुङ– एक सय वर्ष पुरानो बागलुङको ऐतिहासिक गलकोट दरबार अवलोनक

कर्णालीको विकासका लागि पाँच बुँदे प्रतिबद्धता

कर्णाली– कर्णाली प्रदेश सरकारसहित सरोकार भएकाहरूले प्रदेशको विकासका लागि पाँच

दोस्रो क्वालिफायरमा लुम्बिनी र विराटनगर भिड्दै : सन्दीपको बलिङलाई कसले रोक्ने ?

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज लुम्बिनी लायन्स

मनोनयन दर्ता गर्दा उम्मेदवारले सम्पत्ति विवरण बुझाउनुपर्ने

काठमाडौं – अब निर्वाचन अगाडि मनोनयन पदत्र दर्ता गर्दा उम्मेदवारले