आजको मौसम : वर्षा र हिमपातको सम्भावना (३ दिने पूर्वानुमानसहित) « Khabarhub

आजको मौसम : वर्षा र हिमपातको सम्भावना (३ दिने पूर्वानुमानसहित)


७ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशका अधिकांश क्षेत्रमा हाल पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव छ। यसका कारण हाल देशको पश्चिमी र मध्य भू–भागमा आंशिकदेखि सामान्य बदली भएको छ । बाँकी क्षेत्रमा आंशिक बदलीको अवस्था छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शनिबार) देशको पश्चिमी भू–भागमा सामान्य बदली र अन्य भू–भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी क्षेत्रका एक वा दुई स्थानमा हल्का वर्षा हुनेछ । यस्तै उच्च पहाडी क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुन सक्ने मौसमविदले बताएका छन् ।

शनिबार राति देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । उच्च पहाडी क्षेत्रमा राति पनि हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

तीन दिनको मौसम पूर्वानुमान

मंसिर७ गते (शनिबार)

दिउँसो: देशको पश्चिमि भु-भागमा सामान्य बदली र अन्य भु-भागमा आंशिक देखि सामान्य बदलि रहि पहाडि भू भागका एक वा दुइ स्थानमा हल्का बर्षा र हिमालि भु-भागका थोरै स्थानहरुमा हल्का देखि मध्ययम हिमपात हुने सक्ने देखिन्छ।

राति: देशभर आंशिक देखि सामान्य बदली रहि पहाडि भू भागका एक वा दुइ स्थानमा हल्का बर्षा र हिमालि भु-भागका थोरै स्थानहरुमा हल्का देखि मध्ययम हिमपात हुने सक्ने देखिन्छ। ।

मंसिर८ गते (आइतबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहि पहाडि भू भागका एक वा दुइ स्थानमा हल्का बर्षा र हिमालि भु-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सक्ने देखिन्छ। ।

राति: देशका मध्य र पूर्वि भु-भागमा सामान्य बदली रहि पश्चिमी भु-भागमा आंशिक रहनेछ। पूर्वि र मध्य पहाडि भू भागका एक वा दुइ स्थानमा हल्का बर्षा र हिमालि भु-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सक्ने देखिन्छ।

मंसिर८ गते (आइतबार)

दिउँसो: देशका मध्य र पूर्वि भु-भागमा सामान्य बदली रहि पश्चिमी भु-भागमा आंशिक रहनेछ। पूर्वि र मध्य पहाडि भू भागका एक वा दुइ स्थानमा हल्का बर्षा र हिमालि भु-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सक्ने देखिन्छ। ।

राति: देशभर आंशिक देखि सामान्य बदलि रहनेछ।

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार  ७ : १३ बजे

कृषिलाई पहिलो प्राथमिकतामा राखेका छौँ : मुख्यमन्त्री यादव

महोत्तरी– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कृषि क्षेत्रलाई प्रदेश सरकारले

कुलमानले भने- ‘समानुपातिक सूचीमा मेरो भान्जा र ससुराको नाम छैन’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा मन्त्री कुलमान घिसिङले

भाषण र झारा टार्ने शैली चल्दैन, काम देखिनुपर्छ : मधेशका कृषिमन्त्री पटेल

जनकपुर– मधेश प्रदेशका नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री

ट्रम्पको दोस्रो कार्यकालमा पहिलोपटक भिटो

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस हप्ता पानी पाइपलाइन र

प्रतिनिधिसभा निर्वाचन : कालीकोटमा तयारी तीव्र

मान्म– कालीकोटमा एक हजार ७७२ नयाँ मतदाता थप भएका छन्