पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण « Khabarhub

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण


११ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ गरेको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सो घटनाको वस्तुस्थिति बुझ्न र अनुगमन गर्न आयोगका माननीय सदस्यको नेतृत्वमा गएको उच्चस्तरीय टोलीलाई आइतबार टेकुस्थित प्रहरी परिसरमा जबरासँग भेटघाट गर्न र जानकारी लिन प्रहरीले रोक लगाएको थियो ।

अनुगमन टोलीले प्रहरीको उच्च नेतृत्वसँग कुराकानी गर्दासमेत के-कति कारणले भेटघाट तथा अनुगमन गर्न नदिइएको हो भन्ने विषयमा कुनै जानकारी उपलब्ध गराइएन । राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा ४ (क) अनुसार आवश्यकता अनुसार सार्वजनिक, निजी वा अन्य जुनसुकै स्थानको निरीक्षण तथा अनुगमन गर्ने र मानव अधिकार संरक्षणका लागि आवश्यक सुधारका सुझाव वा निर्देशन दिने स्पष्ट कानुनी व्यवस्था रहेको छ ।

आफ्नो संवैधानिक तथा कानुनी अधिकारविपरीत नेपाल प्रहरीबाट भएको यस प्रकारको व्यवहारप्रति आयोगले खेद प्रकट गरेको छ । निष्पक्ष छानबिन गरी संवैधानिक तथा कानुनी दायित्व पूरा गर्ने कार्यमा अवरोध सिर्जना गर्ने प्रहरी कर्मचारीहरूलाई कानुनी दायरामा ल्याउन र आयोगलाई प्राप्त अधिकारको सम्मान गर्न आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराइएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  ४ : ५४ बजे

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर