जाडोमा बर्डफ्लुका भाइरस सक्रिय हुने भन्दै उच्च सतर्कता « Khabarhub

जाडोमा बर्डफ्लुका भाइरस सक्रिय हुने भन्दै उच्च सतर्कता


७ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- जाडोयाममा बर्डफ्लुका भाइरस सक्रिय हुने जनाउँदै काभ्रेपलाञ्चोकमा यसविरुद्ध उच्च सतर्कता अपनाउन गतिविधि सञ्चालन गरिने भएको छ । जिल्लास्तरीय प्राविधिक समितिले कुखुरापालक कृषक तथा व्यवसायीलाई सतर्क रहन आग्रह गरेको छ ।

समितिले कुखुरा व्यवसायी तथा कृषकले अपनाउनुपर्ने जैविक–सुरक्षा (बायो सेक्युरिटी), जिल्लाको नाकामा जाँच तथा पक्षीको स्वास्थ्यमा विशेष ख्याल गर्न अनुरोध गर्ने निर्णय गरिएको जिल्ला भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र प्रमुख डा मोगलप्रसाद शाहले बताए ।

काभ्रेमा गत वैशाख महिनाबाट बर्डफ्लु रोगविरुद्धका सचेतना अभियान पटकपटक गरिँदै आइएको छ । गत वैशाख १९ गते स्वास्थ्य मन्त्रालयले बर्डफ्लु रोगबाट काभ्रेका २१ वर्षीय युवकको मृत्यु भएको घटना सार्वजनिक गरेयता यहाँका कुखुरापालक किसान तथा सर्वसाधारण त्रसित देखिएपछि रोगविरुद्ध यहाँ सचेतना अभियानलाई तीव्र पारिएको हो । त्यसयता केन्द्रले जिल्लाका सबै स्थानीय तहमा यसबारे सचेतना कार्यक्रम गरिसकेको छ ।

मन्त्रालयका अनुसार ज्वरो, रुघाखोकीबाट ग्रसित ती युवकलाई गत चैत १० गते अस्पताल भर्ना गरिएको र उनको विभिन्न स्वास्थ्य परीक्षण तथा औषधि सेवन गरिरहेकै अवस्थामा चैत १५ गते मृत्यु भएको हो ।

विभिन्न परीक्षणपछि गत वैशाख १७ गते प्राप्त प्रतिवेदनअनुसार ती युवक इन्फ्युएन्जा ए एच वान सङ्क्रमण भएका कारण मृत्यु भएको जनाउँदै मन्त्रालयले नाम गोप्य राखेको थियो ।

केन्द्र प्रमुख डा मोगलप्रसाद शाहले जाडोयाममा बर्डफ्लुका भाइरस सक्रिय हुने जनाउँदै रोगविरुद्धको सचेतना अभियान कार्यक्रमलाई तीव्र पारिने बताए । उनले भने, ‘गत वैशाखमा काभ्रे एक युवाको बर्डफ्लुले मृत्यु भएको खबर पाएदेखि पटकपटक विज्ञ टोलीमार्फत सचेतना कार्यक्रम गर्दै आएका छौँ ।’ सचेतनामा कुखुराको मासु ७० डिग्रीसम्मको तापक्रममा पाक्दा मासुमा कुनै भाइरस भए मर्ने र मानव स्वास्थ्यमा असर नपर्ने तथा खोरबाट निकालेर मासु तयार पारेर पकाउँदासम्म अपनाइने सावधानीका विषयमा जानकारी दिइन्छ ।

अभियानअन्तर्गत प्राविधिक संलग्न सचेतना टोलीले व्यावसायिक कुखुरापालन गर्दैआएका जिल्लाका किसानका फार्ममा पुगेर जैविक–सुरक्षामा विशेष ध्यान दिन आग्रह गरिने केन्द्र प्रमुख शाहले बताए ।

यसैबीच, केन्द्रले गत साल चैतमा स्थापना गरेको काभे्रको साँगा, नाला र मङ्गलटार नाकामा स्थानीय तहका पशुसेवा शाखा प्रमुखको नेतृत्वमा चेक प्वाइन्टलाई पुनः सक्रिय बनाउने भएको छ ।

चेक प्वाइन्टमा रोगमुक्त भएका कुखुराका चल्ला, अण्डा र स्वस्थ पक्षीजन्य पदार्थ भएको नेपाल भेटनरी एशोसिएशनको प्रमाणपत्र जाँच गरेर मात्रै जिल्लामा भित्र्याइनेछ । चेक प्वाइन्टमा आयात–निर्यातकर्ताले पक्षी स्वस्थ भएको प्रमाणपत्र नदेखाए कुखुरा तथा पक्षीजन्य पदार्थलाई प्रोगशालामा पठाइने गरिएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार  १० : ४७ बजे

एन्फा राष्ट्रिय लिग : सातदोबाटो र नवजनजागृति १–१ गोलको बराबरीमा

काठमाडौं – काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगअन्तर्गत शनिबार भएको खेलमा

प्रथम डाइनामिक कप इनलाइन स्केटिङ स्पिड च्याम्पियनसिप सम्पन्न

भक्तपुर– प्रथम डाइनामिक कप इनलाइन स्केटिङ स्पिड च्याम्पियनसिप शनिबार भक्तपुरको

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौं– यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार

श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसद

काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिक सांसदकाे नाम टुंग्याएको

अफगानीस्तानले ड्रोन आक्रमण गरेको पाकिस्तानको दावी

एजेन्सी– पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले अफगान तालिबानले पाकिस्तानमा नागरिक