प्रभु बैंकको लाभांश पारित, शेयर स्वामित्वमा पनि संशोधन « Khabarhub

प्रभु बैंकको लाभांश पारित, शेयर स्वामित्वमा पनि संशोधन


७ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रभु बैंकको १८ औं वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको बोनस र प्रबन्ध पत्रमा शेयर स्वामित्व संरचना परिवर्तन गर्ने निर्णय पारित गरेको छ ।

बैंकको १८औं वार्षिक साधारण सभाले गत आ.व. २०७५/७६ को मुनाफाबाट गत आ.व. २०७५/०७६ मा कायम चुक्ता पूँजीको १६ प्रतिशत बोनश शेयर वितरण गर्ने निर्णय गरेको छ । साधारणसभाले संस्थापक समूहतर्फ कायम रहेको ५५ प्रतिशत र सर्वसाधारण समूह तर्फ कायम रहेको ४५ प्रतिशतको शेयर स्वामित्वमा संशोधन/परिवर्तन प्रस्ताव समेत पारित गरेको छ ।

बैंकको संस्थापक समुह तर्फ ५१ प्रतिशत र सर्वसाधारण समूह तर्फ ४९ प्रतिशत शेयर स्वामित्व कायम हुने गरी बैंकको जारी तथा चुक्ता पूँजीको संरचना संशोधन/परिवर्तन गर्ने निर्णय गरी सोही बमोजिम बैंकको प्रबन्ध–पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय गरेको छ ।

बैंकको सञ्चालक समितिमा शेयर स्वामित्वको आधारमा संस्थापक समुहबाट ३ जना र सर्वसाधारण समुहबाट ३ जनाको प्रतिनिधित्व हुने गरी प्रस्ताव पारित गर्नुका साथै धितोपत्र सम्बन्धी कारोबार गर्ने सहायक कम्पनी स्थापना तथा सञ्चालन गर्ने व्यवस्था थप गर्नको लागि बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय समेत पारित गरेको छ ।

त्यसैगरी अन्य बैंक तथा वित्तीय संस्था एक्विजिशन (प्राप्ति) तथा खरिद सम्बन्धी प्रक्रिया बढाउन, बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मुल्याँकन (Due Diligence Audit DDA) गर्न मान्यताप्राप्त मुल्याँकनकर्ता नियुक्ती गर्ने अन्य बैंक तथा वित्तीय संस्थाहरु एक्विजिशन (प्राप्ति) तथा खरिद सम्बन्धी समझदारी पत्र तर्जुमा गरी सो सम्बन्धी प्रक्रिया सम्बन्धी अगाडी बढाउने सम्बन्धी अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने निर्णय समेत पारित गरेको छ ।

साधारण सभाले १६ प्रतिशत बोनश शेयर वितरण गर्ने निर्णय गरे पश्चात् बैंक लि.को चुक्ता पूँजी १० अर्ब ३१ करोड ५५ लाख ०२ हजार ७ सय रुपैयाँ पुगेको छ । देशका विभिन्न स्थानमा शाखा रहित बैंकिङ्ग सेवा, ३७ वटा एक्स्टेन्सन काउण्टर कार्यालय, १५२ वटा एटिएम मेशिन तथा १९६ वटा शाखा कार्यालयहरु पुगेका छन् ।

बैंकले अष्ट्रेलियाको सिड्नी, भारतको राजधानी दिल्ली, मलेसियाको राजधानी क्वालालाम्पुर, कतारको राजधानी दोहा र संयुक्त अधिराज्य बेलायतको एल्डरसट शहर गरी विभिन्न ५ मुलुकमा आफ्नो सम्पर्क/प्रतिनिधि कार्यालय खोल्न तयारी समेत गरेको जनाएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार  १२ : १८ बजे

अशोक राई, राजेन्द्र महतो र रेशम चौधरी साझा चिह्न जाँतोबाट चुनाव लड्ने

काठमाडौं- अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, राजेन्द्र महतो नेतृत्वको

रास्वपा समानुपातिकको प्रारम्भिक निर्वाचनमा रञ्जु र रमेशलाई लोकप्रिय मत

काठमाडौं- रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रारम्भिक मतदानको

राजनीतिमा लागेकी एलिजाको अज्ञानताले उठाएको प्रश्न : सधैँ जीब्रोलाई दोष दिएर उम्कन पाइन्छ ?

काठमाडौं- वरिष्ठ तथा सेलिब्रेटी पत्रकार ऋषि धमाला पत्नी हुन्–एलिजा गौतम

स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री गौतम

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमाका प्रावधानहरू

मुक्तिनाथ मन्दिरको दर्शन गरे मोक्ष मिल्ने जनविश्वास (तस्बिरहरू)

काठमाडौं– मुस्ताङ जिल्लामा समुद्र सतहदेखि ३,७१० मिटरको उचाइमा अवस्थित मुक्तिनाथ