आमा बन्ने चाहनामा विश्व रेकर्ड त्यागेकी मोनिका « Khabarhub

आमा बन्ने चाहनामा विश्व रेकर्ड त्यागेकी मोनिका


७ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आमा बन्ने सौभाग्य मात्र महिलामा हुने गर्दछ । प्राकृतिक रुपमा गर्भधारण गर्न सक्ने महिलाको क्ष्ँमताको कारण सृष्टि चलिरहेको छ ।

आधुनिकरणको सिको गर्दै कतिपय महिला आमा बन्न चाहादैनन् । उनीहरु आमा बन्दा आफ्नो क्ष्ँमता वा सफलतामा बाधक बन्ने भन्दै तत्काल आफु आमा नबन्ने बताउँछन् । तर विश्वको मोटी महिलाको रेर्डक राख्ने तयारीमा रहेकी एक महिलाले आमा बन्न उद्देश्य नजिक पुगेर पनि आफ्नो सपनालाई बलिदानी दिएकी छन् ।

विश्वको सबैभन्दा मोटी महिला बन्ने चाहना राख्ने मोनिका रिले विश्व रेकर्डको नजिक पुगेर पनि पातली हुन चाहन्छिन् । मोनिका एकाएक पातली हुने चाहना राख्नुको कारण अब उनी आमा बन्न चाहन्छिन् । मोनिकाका अनुसार आमा बन्ने सौभाग्य विश्वको मोटि महिलाको रेकर्ड राख्नु भन्दा महत्वपुर्ण छ ।

उनी भन्छिन्, रेकर्डले दिने पहिचानभन्दा आमा बन्दा पाउने पहिचान र खुसी अमुल्य छ । उनले झण्डै एक दशकदेखि विश्व रेकर्ड राख्न गरेको तयारीलाई त्याग्दै आमा बन्ने भएकी छन् । पहिले ३ सय १७ किलोग्राम सम्म पुगेकी मोनिका अहिले वजन घटाउन लागि परेकी छन् ।

मोनिकाको रेकर्ड राख्नका लागी वजन बढाउन दिनरात लागि पर्ने उनका प्रेमी अहिले मोनिकालाई पातली बनाउन मेहनत गर्दैछन् । उनी मोनिकाको दैनिक खाना, ब्यायाम तथा कामहरुको तालिका मिलाउने गर्दछन् ।

केहि अघि मोनिकाको ३ पटकसम्म गर्भ खेर गएको थियो । जसले उनलाई निकै दुखि तुल्यायो । उनका अनुसार महिलामा हुने आमा बन्ने सौभाग्य मोटोपनाका कारण गुमेको थाहा पाएर अब उनी पातली हुन खोजेकी हुन् ।

मोनिका र उनका ब्वायफ्रेण्ड सिडले अब फेरि सन्तान पाउने चाहना राख्दै गत मार्चमा गर्भधारण गरेका छन् । यस पटक चिकित्सकको सल्लाहमा डाइट बदलेर मोनिका पातली बन्न मेहनत गरीरहेकी छन् । साथै हरेक १५ दिनमा उनी डाक्टरबाट सल्लाह लिने गर्दछिन् ।

विश्वको मोटि महिलाको रेकर्ड त्यागेर मोनिका अब पातली बनेपछि उनको हातबाट सो रेकर्ड गुमेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार  १ : २७ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ