आमा बन्ने चाहनामा विश्व रेकर्ड त्यागेकी मोनिका « Khabarhub

आमा बन्ने चाहनामा विश्व रेकर्ड त्यागेकी मोनिका


७ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आमा बन्ने सौभाग्य मात्र महिलामा हुने गर्दछ । प्राकृतिक रुपमा गर्भधारण गर्न सक्ने महिलाको क्ष्ँमताको कारण सृष्टि चलिरहेको छ ।

आधुनिकरणको सिको गर्दै कतिपय महिला आमा बन्न चाहादैनन् । उनीहरु आमा बन्दा आफ्नो क्ष्ँमता वा सफलतामा बाधक बन्ने भन्दै तत्काल आफु आमा नबन्ने बताउँछन् । तर विश्वको मोटी महिलाको रेर्डक राख्ने तयारीमा रहेकी एक महिलाले आमा बन्न उद्देश्य नजिक पुगेर पनि आफ्नो सपनालाई बलिदानी दिएकी छन् ।

विश्वको सबैभन्दा मोटी महिला बन्ने चाहना राख्ने मोनिका रिले विश्व रेकर्डको नजिक पुगेर पनि पातली हुन चाहन्छिन् । मोनिका एकाएक पातली हुने चाहना राख्नुको कारण अब उनी आमा बन्न चाहन्छिन् । मोनिकाका अनुसार आमा बन्ने सौभाग्य विश्वको मोटि महिलाको रेकर्ड राख्नु भन्दा महत्वपुर्ण छ ।

उनी भन्छिन्, रेकर्डले दिने पहिचानभन्दा आमा बन्दा पाउने पहिचान र खुसी अमुल्य छ । उनले झण्डै एक दशकदेखि विश्व रेकर्ड राख्न गरेको तयारीलाई त्याग्दै आमा बन्ने भएकी छन् । पहिले ३ सय १७ किलोग्राम सम्म पुगेकी मोनिका अहिले वजन घटाउन लागि परेकी छन् ।

मोनिकाको रेकर्ड राख्नका लागी वजन बढाउन दिनरात लागि पर्ने उनका प्रेमी अहिले मोनिकालाई पातली बनाउन मेहनत गर्दैछन् । उनी मोनिकाको दैनिक खाना, ब्यायाम तथा कामहरुको तालिका मिलाउने गर्दछन् ।

केहि अघि मोनिकाको ३ पटकसम्म गर्भ खेर गएको थियो । जसले उनलाई निकै दुखि तुल्यायो । उनका अनुसार महिलामा हुने आमा बन्ने सौभाग्य मोटोपनाका कारण गुमेको थाहा पाएर अब उनी पातली हुन खोजेकी हुन् ।

मोनिका र उनका ब्वायफ्रेण्ड सिडले अब फेरि सन्तान पाउने चाहना राख्दै गत मार्चमा गर्भधारण गरेका छन् । यस पटक चिकित्सकको सल्लाहमा डाइट बदलेर मोनिका पातली बन्न मेहनत गरीरहेकी छन् । साथै हरेक १५ दिनमा उनी डाक्टरबाट सल्लाह लिने गर्दछिन् ।

विश्वको मोटि महिलाको रेकर्ड त्यागेर मोनिका अब पातली बनेपछि उनको हातबाट सो रेकर्ड गुमेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार  १ : २७ बजे

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न होटल तथा रेस्टुरेन्टलाई विभागको निर्देशन

काठमाडौँ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा