नेपालको पहिलो प्रतिद्वन्द्वी श्रीलङ्का | Khabarhub Khabarhub

नेपालको पहिलो प्रतिद्वन्द्वी श्रीलङ्का


७ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मंसिर १५ देखि २४ गतेसम्म आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पुरुष टी–ट्वान्टी क्रिकेट र महिला टी–ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।

साग आयोजकले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार पुरुष टी–ट्वान्टी क्रिकेटमा नेपालले पहिलो प्रतिद्वन्दी टेष्ट राष्ट्र श्रीलङ्कालाई पाएको हो । नेपाल र श्रीलङ्काबीचको खेल यही मंसिर १७ गते हुनेछ ।

सागको पुरुषतर्फ विभिन्न पाँच टोली सहभागी छन् । यसमा नेपालसहित श्रीलङ्का, बङ्गलादेश, भूटान र माल्दिभ्स रहेका छन् । भारत र पाकिस्तान भने सहभागी छैनन् ।

त्यसैगरी नेपालले मंसिर १९ गते भूटानसँग दोस्रो खेल खेल्नेछ भने तेस्रो खेल २० गते माल्दिभ्सको सामना गर्नेछ । नेपालले अन्तिम खेल मंसिर २१ गते बङ्गलादेशसँग खेल्नेछ । राउण्ड रोबिनको आधारमा हुने पुरुष क्रिकेटको शीर्ष दुई टोलीले स्वर्ण पदकका लागि प्रतिस्र्धा गर्नेछन् । यस्तै तेस्रो र चौथो स्थानमा रहनेले कास्य पदकको लागि प्रतिस्पर्धा गर्नेछन् । उक्त प्रतियोगिताको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

त्यसैगरी आज नै सार्वजनिक गरेको महिला टी–ट्वान्टी क्रिकेटमा नेपालले पहिलो प्रतिद्वन्द्वी माल्दिभ्स पाएको छ । विभिन्न चार राष्ट्र सहभागी उक्त प्रतियोगिताअन्र्गत नेपाल र माल्दिभ्सबीचको खेल मंसिर १६ गते हुनेछ । नेपालले दोस्रो खेल १८ गते बङ्गलादेशसँग खेल्नेछ भने मंसिर २० गते श्रीलङ्कासँग अन्तिम खेल खेल्नेछ ।

महिला क्रिकेटमा चार टोलीले प्रतिस्पर्धा गर्नेछन् । यस खेलमा भारत, पाकिस्तान र भुटानले सहभागिता जनाएका छैनन् । राउण्ड रोबिनको आधारमा हुने महिला क्रिकेटको शीर्ष दुई टोलीले स्वर्ण पदकको लागि प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै तेस्रो र चौथो स्थानमा रहने टोलीले कास्य पदकका लागि भिड्नेछन् । उक्त प्रतियोगिताको खेल पोखरा रङ्गशालामा हुनेछ ।

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार  १ : ५३ बजे

टेलिकमको सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन सञ्चारमन्त्रीको निर्देशन

काठमाडौैं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल टेलिकमको

राप्रपाको महाधिवेशन टारेर एक वर्ष कार्यकाल लम्ब्याउँदै राजेन्द्र लिङ्देन

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमिति बैठक मंसिर २४

रामकुमारीदेखि किसानसम्मलाई भोलि ओलीले एमालेमा स्वागत गर्ने

काठमाडौँ– नेकपा एमाले छोडेर नेकपा एकीकृत समाजवादीसहित विभिन्न दलमा गएर

भोलि एमाले प्रवेश गर्दै रामकुमारी झाँक्री

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)की नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्री

सहमति कार्यान्वयन गर्न ऊर्जालाई प्रधानमन्त्री कार्यालयको निर्देशन

काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले डेडिकेटेड तथा ट्रंकलाइनको मध्यमार्गी बाटो