चिलीमा प्रदर्शन– ज्यान गुमाउनेको सङ्ख्या २३ पुग्यो | Khabarhub Khabarhub

चिलीमा प्रदर्शन– ज्यान गुमाउनेको सङ्ख्या २३ पुग्यो


७ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सान्टियागो– चिलीमा जारी हिंसात्मक प्रदर्शनबाट ज्यान गुमाउनेको सङख्या शुक्रबारसम्म २३ पुगेको छ । चिलीमा करिब पाँच हप्तादेखि सो प्रदर्शन शुरु भएको थियो । दक्षिण अमेरिकी यस देश भरीका शहरहरूमा लुटपाट र प्रदर्शनहरू भएका छन् ।

चिलीका प्रदर्शनकारीहरुले गत अक्टोबर १८ देखि सामाजिक र आर्थिक असमानताको विरोध गर्दै आएका छन । चिलीमा लोकतन्त्रको तीन दशकमा भएका संकटहरुमा यो सबैभन्दा खराब समय भएको र यस आन्दोलनको क्रममा २३ व्यक्तिले ज्यान गुमाउनुको साथै २ हजार व्यक्ति घाइते भएका छन् ।

चिलीमा जारी यस हिसात्मक प्रदर्शनका क्रममा भएको पछिल्लो घटनाको रुपमा १३ वर्षीय एक केटोको मृत्यु भएको गृह मन्त्रालयका एक अधिकारीहरुले जानकारी दिएका छन् ।

सान्टियागो एक प्रदर्शन केन्द्रमा शुक्रबार हजारौं मानिस फेरि भेला भएर प्रदर्शन शुरु गरेका जनाइएको छ । प्रदर्शनकारी मध्येका एक युवती क्लाउडिया ओर्टोलानीले एएफपीलाई भनिन ‘हामीले आफ्नो अभिव्यक्ति जारी राख्नै पर्छ किनभने हामीले केही हासिल गरेका छैनौं किनभने दमन जारी छ ’ सरकारले शान्ति सम्झौता जस्तै नक्कली सम्झौताहरूमा हस्ताक्षर गरिरहेको छ।’

चिलीमा मेट्रो टिकटको मूल्यबृद्धि भएको विरोधमा करिब पाँच हप्ता अघिबाट हिंसात्मक आन्दोलन शुरु भएको थियो । मानिसहरु पुनः सडकमा भेला हुन थालेपछि चिलीका राष्ट्रपति सेबास्टीअन पिनेराको सरकारले जनतालाई शान्त हुनको लागि आग्रह गरेका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार  ४ : ३३ बजे

आन्तरिक पर्यटकको रोजाइमा भकुण्डेको बराहताल

गलकोट– बागलुङ बजारबाट नजिकैको पर्यटकीय गन्तव्य भकुण्डेको बराहताल आन्तरिक पर्यटकको

हल गोरु पाल्ने दुई सय ४० किसानलाई प्रोत्साहन रकम

सिन्धुपाल्चोक – यहाँको मेलम्ची नगरपालिकाले गत आर्थिक वर्षमा हल गोरु

गाजामा खाद्य संकट गहिरिँदै, संयुक्त राष्ट्रसङ्घको गम्भीर चिन्ता

एजेनसी – संयुक्त राष्ट्रसंघले गाजा क्षेत्रमा खाद्य अभाव र कुपोषणको

दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनमाथि अर्को मुद्दा दर्ता

काठमाडौं – दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योएलमाथि शक्तिको