चितवन मेडिकल कलेजको होस्टलमा पेस्तोल फेला « Khabarhub

चितवन मेडिकल कलेजको होस्टलमा पेस्तोल फेला


७ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन मेडिकल कलेजको होस्टलमा गोलीसहितको पेस्तोल फेला परेको छ ।

मेडिकल कलेका विद्यार्थी बस्ने होस्टलमा पेस्तोल फेला पारिएको प्रहरीले जनाएको छ ।

चितवन प्रहरीका उपरीक्षक दानबहादुर मल्लका अनुसार शनिवार दिउँसो होस्टलमा पेस्तोल र गोली फेला परेको हो ।

होस्टलमा मेड इन युएसए लेखिएको पेस्तोल र गोली फेला परेको मल्लले बताए ।

‘होस्टलका गार्डले हतियार देखेको भनेर प्रहरीलाई खबर गरे’ मल्लले भने,‘त्यसपछि होस्टलमा खोज्दै जाँदा पेस्तोल र केही राउण्ड गोली फेला पर्यो‍ ।’

मल्लले हतियार कसको हो र कहाँबाट आयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको बताए ।

चितवन मेडिकल कलेजमा शुल्क बढी लिएको भन्दै विद्यार्थीहरु आन्दोलित बनेका छन् ।

नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा प्रकाश चन्दको नेतृत्वमा चिकित्सा शिक्षा संघर्ष समितिले आन्दोलन गर्दै आएको छ ।

आइतवार समितिले चितवनमा कार्यक्रम गर्ने तयारी गरिरहेको पूर्वसन्ध्यामा होस्टलबाट हतियार फेला परेको हो ।

अहिलेसम्म कसैलाई पनि नियन्त्रणमा नलिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार  ५ : ४५ बजे

नेकपाले समानुपातिकमा सबै नयाँ अनुहार पठाउने, पूर्वसांसद र मन्त्रीलाई नराख्‍ने

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले समानुपातिक सूचीमा नयाँ अनुहारलाई

मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु

मुस्ताङ – यहाँको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागबानी विकास केन्द्रले

सिंहदरबार जलेको फोटो राख्दै शंकर पोखरेल लेख्छन्– यो विध्वंसका योजनाकारलाई बिर्सने छैनौं

काठमाडौं – नेकपा (एमाले) महासचिव शंकर पोखरेलले सिंहदरबार जलेको तस्बिर

सामूहिक अलैँची खेतीबाट एउटै टोलको आम्दानी एक करोड १७ लाख

काठमाडौं – संखुवासभाको एउटै गाउँका किसानले अलैँची खेतीबाट एक करोड