तरकारीवालीले गरिन् बिहे « Khabarhub

तरकारीवालीले गरिन् बिहे


७ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

धादिङ– तरकारीवालीको नाममा कुनै समय सामाजिक सञ्जालमा व्यापक चर्चामा रहेकी कुसुम श्रेष्ठ वैवाहिक बन्धनमा बाँधिएकी छिन् ।

तरकारीवाली मसीर ६ गते शुक्रबार (हिजो) विवाह बन्धनमा बाँधिएकी हुन् । उनले विहे गरेको फोटो सामाजिक सञ्जालमा शेयर गरिएका छन् ।

गोरखाको भुम्लीचोककी कुसुम श्रेष्ठले डोकामा तरकारी बोकेर खोला तर्दै गरेको फोटो पर्यटन व्यवसायी रूपचन्द्र महर्जनले सामाजिक सञ्जालमा अपलोड गरेसँगै ‘तरकारीवाली’ को चर्चा चुलिएको थियो ।

त्यपछि त उनी ‘सेलेब्रिटी’नै बनिन् । यसपछि उनलाई म्युजिक भिडियो र फिल्म खेल्ने अफर आयो । तर, उनले सबैलाई अस्विकार गरिरहिन् ।

रत्ननगरको टाँडीमा १२ पढ्दै गरेकी उनले ‘पढाइ बिग्रिने डरले’ म्युजिक भिडियो र फिल्ममा रुचि नदेखाएको बताइन् ।

तर उनले पछि गोपालचन्द्र लामिछानेले निर्देशन गरेको फिल्म लम्फुमा खेलिन् । तर फिल्मले उनलाई चर्चा दिलाउन सकेन । फिल्म फ्लप भयो ।

त्यसपछि उनले पहिलो म्युजिक भिडियो ‘कान्छा कान्छी’ मा अभिनय गरिन् । युट्युवमार्फत सार्वजनिक भिडियोमा कुसुमले आरएल मोक्तानसँग रोमान्स गरेकी थिइन् ।

तरकरीवालीको नाममा चर्चामा रहेकी कुसुम पछिल्लो समय गुमनाम थिइन् । उनले शुक्रवार धादिङ मैदीका राजन श्रेष्ठसँग विवाह गरेकी छिन् ।

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार  २ : ३७ बजे

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम