सरकार छाड्ने/नछाड्ने बारे टुंगो लगाउन समाजवादीको बैठक « Khabarhub

सरकार छाड्ने/नछाड्ने बारे टुंगो लगाउन समाजवादीको बैठक


७ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारमा रहने वा नरहने भन्नेवारे निर्णय गर्न सत्तारुढ समाजवादी पार्टीको पदाधिकारी बैठक शुरु भएको छ ।

मन्त्रिपरिषद पुनर्गठनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष उपेन्द्र यादवको मन्त्रालय हेरफेर गरिदिएपछि समाजवादी पार्टीले पदाधिकारी बैठक बोलाएको हो ।

बैठक पार्टी कार्यालय बालकुमारीमा शुरु भएको हो ।

उपप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री रहेका समाजवादीका अध्यक्ष उपेन्द्र यादव भारत रहेका बेला प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुनर्गठन गरी यादवलाई कानुन स्वास्थ्य मन्त्रालयबाट कानून मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

मन्त्रिमण्डल पुनर्गठन बारे आफूसँग ओली वा प्रचण्डले कुरा नगरेको उपेन्द्रले यसअघि बताएका थिए ।

मन्त्रालय फेरेर उपेन्द्रमाथि अपमान गरिएको समाजवादीका नेताले बताउँदै आएका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार  ६ : ३० बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण