सूचनाको हकको निर्बाधरुपमा अभ्यास भइरहेको छ : प्रधानमन्त्री ओली « Khabarhub

सूचनाको हकको निर्बाधरुपमा अभ्यास भइरहेको छ : प्रधानमन्त्री ओली


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय, सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा, एकता र अखण्डताको विषयमा बाहेक सरकारले सूचनाको हकको निर्बाधरुपमा अभ्यास गरिरहेको बताएका छन् ।

राष्ट्रिय सूचना आयोगद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन  ग्रहण गर्दै प्रधानमन्त्री ओलीले अरु कसैको अभ्यास र अनुभवको नक्कल गर्नेभन्दा पनि आफ्नै शैलीमा सूचनाको हकलाई अगाडि बढाउने बताएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले भने, “हामी सर्वोत्तम लोकतन्त्रप्रति निष्ठावान छौँ, सोही अनुरुपमा नै हाम्रो व्यवहार निर्देशित हुन्छ ।”

सो अवसरमा प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटा, आयुक्तद्वय किरणकुमार पोखरेल र यशोधा तिमिल्सिनाको समेत सहभागिता रहेको थियो ।

सूचनाको हकसम्बन्धी ऐन, २०६४ ले नेपाली नागरिकको सूचनाको हकको संरक्षण, संवद्र्धधन र प्रचलन गर्नका लागि स्वतन्त्र राष्ट्रिय सूचना आयोग रहने व्यवस्था गरेको छ ।

आयोगमा प्रमुख सूचना आयुक्त र दुई जना सूचना आयुक्तहरू रहने व्यवस्था छ । पदाधिकारीहरुको कार्यकाल यही पुस महिनाको अन्तिममा सकिँदै छ ।

ऐनअनुसार आयोगलाई सार्वजनिक निकायमा रहेको सार्वजनिक महत्वको सूचनासम्बन्धी अभिलेख, लिखत तथा अन्य सामग्रीको अध्ययन तथा अवलोकन गर्नेलगायत काम, कर्तव्य र अधिकार तोकिएको छ ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  ६ : १८ बजे

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो

झापा– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दै गएको

जाजरकोटको रिसाङमा पहिरो: दुई जना बेपत्ता, सात घाइते

कर्णाली – अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९आइतबार०का लागि विदेशी मुद्राको

मनसुन सक्रिय : पाँच प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ – देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन ३१ गते आइतबार सन् २०२६