कोहली चम्किएपछि क्रिकेट सिरिज भारतको पोल्टामा « Khabarhub

कोहली चम्किएपछि क्रिकेट सिरिज भारतको पोल्टामा


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- वेष्ट इण्डिजविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज भारतले जितेको छ ।

आइतबार अन्तिम तथा तेस्रो एकदिवसीयमा वेष्ट इण्डिजलाई ४ विकेटले पराजित गर्दै भारतले सिरिज २–१ ले जितेको हो ।

वेष्ट इण्डिजले दिएको ३ सय १६ रनको फराकिलो लक्ष्य भारतले ४८ ओभर ४ बलमा ६ विकेट गुमाएर पुरा गर्यो । भारतको जितमा कप्तान विराट कोहलीले ८५ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तो लोकेश राहुलले ७७ तथा रोहित शर्माले ६३ रनको अर्धशतकीय इनिङ्स खेले ।

रविन्द्र जडेजा ३९ रनमा अविजित रहे । वेष्ट इण्डिजका लागि केमो पाउलले ३ विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले ५० ओभरमा ५ विकेट गुमाएर ३ सय १५ रन बनाएको थियो ।

वेष्ट इण्डिजका लागि निकोलस पुरनले ८९ रनको योगदान दिएका थिए । कप्तान केइरन पोलार्डले अविजित ७४ रन बनाए । यस्तै साई होपले ४२ र रोस्टन चेसले ३८ तथा शिम्रन हिटमायरले ३७ रन बनाए । भारतका नाभदिप सैनीले २ विकेट लिए ।

पहिलो एकदिवसीय वेष्ट इण्डिजले ८ विकेटले जितेको थियो । तर, दोस्रो खेल भने भारतले १०७ रनले जितेको थियो ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  ६ : ३१ बजे

पोखरामा फेवा महोत्सवको रौनक (तस्बिरहरू)

काठमाडौं– नयाँ वर्ष २०८३ सालको स्वागतका लागि पोखरामा फेवा महोत्सव

आइतबार बसन्तपुर मानिसको भीड (तस्बिरहरू)

काठमाडौं– पछिल्लो समय खाडी क्षेत्रमा युद्ध चर्किएसँगै दक्षिण एसियाली  देशहरूमा इन्धन

इरान युद्धमा अमेरिका-बेलायत मतभेद, मन्त्री भन्छन् : ट्रम्प सधैँ भड्किलो र विवादित कुरा लेख्छन्

काठमाडौं- बेलायतका स्वास्थ्य मन्त्री वेस स्ट्रीटिङ्गले इरानसँगको युद्धमा संलग्न नहुने

लन्डन प्रदर्शनमा सयौँ पक्राउ

लन्डन- बेलायतको राजधानी लन्डनमा प्यालेस्टाइन समर्थक प्रदर्शनमाथि कडा प्रहरी हस्तक्षेप

वीरमा पुगेर मन्त्रीले भनिन्, ‘स्वास्थ्य परीक्षण रिपोर्ट लिन अस्पताल आउनै नपर्ने व्यवस्था गर्छौँ’

काठमाडौं– स्वास्थ्यमन्त्री निशा मेहताले सबै सरकारी अस्पतालहरूमा छिटै डिजिटल रुपमा