चिडियाखानाका जनावरलाई क्रिसमसको उपहार ! « Khabarhub

चिडियाखानाका जनावरलाई क्रिसमसको उपहार !


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उपहार के हो ? किन दिइन्छ यस विषयमा सबै जानकार छन् । आफू अनुकूल मानिसहरुले उपहार प्रदान गर्ने गर्दछन् ।

उपहारमा दिइने वस्तुको मोलभन्दा दिने व्यक्तिको चासो र आत्मियताको प्रतिक गर्छ उपहारले । मानिस–मानिसबीच जन्मोत्सव, विवाह, ब्रतवन्ध पास्नी आदिमा उपहार दिनु लिनु नौलो कुरा होइन ।

तर जनावरलाई नै उपहार दिएको बारे सायद तपाईंले सुन्नु भएको छैन होला । हालै चिडियाखानाका पशुहरुलाई उपहार दिइएको समाचार सार्वजनिक भएको छ ।

इसाई धर्मालम्बीको पर्व क्रिसमसको अवसर पारेर चिडियाखानाका जनावरहरुलाई उपहार दिइएको हो । यही पौष ०९ गते क्रिसमस परेको छ । यस दिन इसाईहरु एक आपसमा उपाहार आदान–प्रदान गर्नुका साथै खुसी साँटासाँट गर्छन् ।

इसाई धर्ममा आस्था राख्नेहरु आफन्त तथा स्वजनबाट पाउने उपहारका लागी क्रिममसको पर्खाईमा छन् । तर लण्डनमा भने क्रिमसम आउनु साता दिन अघि नै चिडियाखानाका पशुलाई उपहार दिइएको हो ।

लण्डनको एसएल लण्डन चिडियाखानामा रहेका जनावरले क्रिसमसको उपलक्ष्यमा क्रिसमस अघि नै उपहार पाएका हुन् । स्थानीय एक समाचार एजेन्सीका अनुसार चिडियाखानाका जनावरलाई कपडामा लुकाएर उपहार दिइएको छ ।

त्यहाँको बोलेवियन ब्लैक कैप स्क्विरिल माकुरालाई एक फ्रेम उपहार दिइएको छ भने बादरलाई बिशेष भोज दिइएको छ । सुमात्रा नामक बाघलाई समेत एक डब्बामा उपहार दिइएको छ ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  ८ : १४ बजे

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा