देउवालाई दबाव दिन पौडेलपक्षीय जिल्ला सभापतिहरूले काठमाडौंमा भेला गर्ने « Khabarhub

देउवालाई दबाव दिन पौडेलपक्षीय जिल्ला सभापतिहरूले काठमाडौंमा भेला गर्ने


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय जिल्ला सभापतिहरूले बृहत् भेला आयोजना गर्ने भएका छन् । वरिष्ठ नेता पौडेल पक्षीय १७ जिल्लासभापतिहरुको बैठकले माघ महिनाभित्र भेला गर्ने निर्णय गरेको हो ।

जिल्ला सभापतिसहित ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रकै प्रतिनिधि सहभागी हुने गरी भेला आयोजना गर्ने निर्णय भएको काभ्रे जिल्ला सभापति मधु आचार्यले बताए । पार्टीलाई विधि र विधानसम्मत रूपमा अघि बढाउन नेताहरूलाई दबाब दिन भेला आयोजना गर्न लागिएको उनले बताए ।

काभ्रे, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, संखुवासभा, जाजरकोट, बाँके, डडेलधुरा, खोटाङ, रोल्पा, उदयपुरलगायत १७ जिल्लाका सभापतिको बैठकले भागबन्डा दिने र माग्ने काम बन्द गर्नसमेत दुवै पक्षका शीर्षनेतालाई अपिल गरेका छन् ।

‘पार्टीभित्र भाग खोज्न हुन्न, दिन पनि हुन्न,’ आचार्यले भने, ‘योग्य र क्षमताका आधारमा सबैलाई समेटेर पार्टी सञ्चालन गर्नुपर्छ भन्ने हाम्रो निर्णय हो।’सभापति शेरबहादुर देउवाले विधानअनुसार विभाग गठन गर्न नसक्ने निष्कर्ष उनीहरूको छ ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  १० : १४ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००