जंक फुडले बालबालिकाको मस्तिष्कमा असर : डा अरुणा « Khabarhub

जंक फुडले बालबालिकाको मस्तिष्कमा असर : डा अरुणा


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

घरमै बनेका रोटी, हलुवा, चिउरा–तरकारी जस्ता खानेकुरा र भुटेको मकै, गहुँ खाजाका रूपमा स्कुल कलेज लैजाने भन्ने कुरा अचेल एकादेशको कथाजस्तै भएको छ।

यस्ता खाजा स्कुल, कलेजमा लैजानु, खानु बालबालिका–किशोरकिशोरीका लागि लज्जाको विषय हुन्छ। बजारमा किनिएका रंगीबिरंगी खोल भएका गुलियो, नुनिलो खानेकुरा खाए इज्जत बढ्छ, ठूलो भइन्छ भन्ने भ्रम बालबालिकामा मात्र होइन कतिपय अभिभावकमा पनि देखिन्छ।

साथीहरूले रंगीचंगी खानेकुराका प्याकेट बोक्दा आफू घरका खाना लिएर जाँदा लाज हुने डर केटाकेटीलाई हुन्छ। अभिभावकहरू मात्रै के कम, उनीहरू आफ्ना छोराछोरीलाई अरुभन्दा कम भएको देखाउन चाहँदैनन्।

छिमेकीका छोराछोरीको हातमा भएको भन्दा महंगो र आकर्षक खानेकुराको प्याकेट किन्न प्रतिस्पर्धा गर्छन्। स्कुल जाने क्रममा होस् वा कतै बजार जाने क्रममा अभिभावकले बच्चाको हातमा चाउचाउ कुरमुरेलगायतका प्याकेट थमाइदिने गर्छन् । स्कुलका क्यान्टिनमा पनि बालबालिकालाई लोभ्याउनेगरी यस्ता खानेकुराका प्याकेट झुण्ड्याइएको हुन्छ।

शहरी क्षेत्रमा त आधुनिक देखाउन यो चलन चलेको छ। तर यो चलन अचेल यहाँ मात्र सीमित छैन, दुर्गम गाउँका कुनाकुना पुगिसकेको छ। घरमा उत्पादित मकै, गहुँ, कोदोजस्ता पोषिला अन्न बेचेर बच्चालाई बिस्कुट, चाउचाउ खान दिन्छन्, अभिभावक। गाउँघरमा बालबालिका पनि घरका भन्दा बजारका खाजामा अभ्यस्त भइसके।

केही समयअघि कर्णाली प्रदेश पुग्दा म अचम्मित भएँ। साना केटाकेटीहरू नामै नसुनेका साना चाउचाउ खाइरहेका देखिन्थे, जसको मूल्य पाँच रुपैयाँ राखिएको रहेछ। खोलेर हेर्दा अलिकति भुजिया र बदामको मिश्रण रहेछ। कहिले बनेको, कहाँ बनेको भन्ने पनि पत्तो छैन। पुरानो भएर ढुसी परेको पनि मतलब छैन।

बढ्दो आधुनिकता र बढ्दो व्यवस्तताका कारणले हो कि अचेल मानिसहरू आफूले के खाइरहेको छु, आफ्ना बालबच्चालाई के खुवाइराखेको छु भन्ने विचार पुर्याउन छाडेको अस्था छ। हामीले खाइरहेको खाना कतिको स्वस्थकर छ भन्ने कुरामा अधिकांश मानिस सचेत छैनन्।

कतिपयले त हानिकारक हो भन्ने जान्दाजान्दै बजारका खानेकुरा ल्याएर आफू खाने र बच्चालाई पनि खुवाउने गर्दै आएका छन्। यो बानी पोषण वा बालबालिकाको वृद्धिविकासका लागि एकदमै हानिकारक हो।

जंक फुड अर्थात् पत्रु खाना । पहिलो कुरा त बजारका खानामा पोषण तत्त्व अत्यन्त कम हुन्छ । अर्को कुरा तिनमा प्रयोग भएका अत्यधिक नुन, चिनी र लामो समय जोगाउन प्रयोग भएका रसायन शरीरका लागि हानिकारक हुन्छ। बजारिया खानाले तत्काल शरीरमा प्रभाव देखाउँदैनन्। यिनले मन्दविषको काम गर्छन्। झन् शरीरको विकास हुन लागेका कलिलो हड्डी कमजोर बनाइदिन्छ।

यस्ता खानेकुरा सेवनले उनीहरूको शरीरमा रगतको कमी, क्याल्सियम कमीलगायत समस्या हुन्छ। क्षणिक रूपमा स्वादिलो भए पनि त्यसले बालबालिकाको मस्तिष्कमा असर गर्छ।

पढाइमा मन नगर्ने, भनेको नबुझ्नेजस्ता समस्या निम्तिन्छ। शारीरिक र मानसिक विकासमा अवरोध पुग्ने मात्र नभई जंक फुडको अत्यधिक सेवनले उच्च रक्तचाप, मुटुरोग, मधुमेहजस्ता दीर्घरोग सिर्जना हुन्छ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  १२ : ३६ बजे

देउवाले एमाले फुटाइदिएको सम्झिँदै योगेशले भने : कांग्रेसको विभाजन दु:खद्, कुनै न कुनै उपायबाट फेरि मिलोस्

काठमाडौं- नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाली कांग्रेसको विभाजनलाई दुःखद

एनसेलको सहयोगमा ‘क्रिएटर्‌स मेला’ तीन सहरमा आयोजना हुँदै

काठमाडौं– एनसेलले नेपालका तीन सहरमा ‘क्रिएटर्स मेला’ आयोजना गर्न नेपालस्थित अमेरिकी दूतावाससँग

फुटेका कांग्रेस कार्यकर्ता नाराबाजीमा उत्रिँदा कान्तिपथमा तनाव (तस्बिरहरू)

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षका नेता-कार्यकर्ता निर्वाचन आयोग अगाडि

युएनआईएसएफएमा नेपाली सेनालाई पहिलो पटक फोर्स कमाण्डरको जिम्मेवारी

काठमाडौ|-संयुक्त राष्ट्रसंघीय मिसन (युएनआईएसएफ) मा नेपाली सेनाले पहिलो पटक फोर्स

धर्ना बसेका देउवा कांग्रेसलाई नमस्ते गर्दै हिँडे गगन कांग्रेका नेता

काठमाडौं- नेपाली कांग्रेसको आधिकारिकता दाबी गर्दै अहिले संस्थापक पक्ष निर्वाचन