‘छ माया छपक्कै’ निर्माताको गुनासो – नेपाली फिल्म भएरै कम शो दिइएको थियो « Khabarhub

‘छ माया छपक्कै’ निर्माताको गुनासो – नेपाली फिल्म भएरै कम शो दिइएको थियो


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – असोज २४ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै’ ले मल्टिप्लेक्स हलमा पर्याप्त शो पाएन । तर फिल्मले व्यावसायिक रुपमा राम्रै कमाइ गर्‍यो । यो फिल्मले केही हलमा ५१ औँ दिन मनाउन सफल भएको थियो ।

फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्ट लगायतका कलाकारको शीर्ष भूमिका थियो । राजनैतिक विषयलाई उठान गरेर बनाइएको फिल्मले मल्टिप्लेक्स र सिङ्गल थिएटर हलमा राम्रो व्यापार गर्न सफल भएको थियो ।

फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका थिए । कमेडी शैलीको यो फिल्मले समीक्षा पनि राम्रो पाएको थियो ।

फिल्म निर्माण टिमले सोचेअनुरुप शो नपाएको गुनासो गरेको थियो । कम शो पाएका कारण व्यापारमा असर परेको निर्माण टिमले बताएको थियो ।

यतिबेला भने ‘छ माया छपक्कै’ का निर्माता रोहित अधिकारीले नेपाली हलवालाले हिन्दी फिल्मलाई काखा र नेपाली फिल्मलाई पाखा गराएको आरोप लगाएका छन् ।

यतिबेला हलमा चलिरहेको र दर्शकबाट मिश्रित प्रतिक्रिया पाइरहेको हिन्दी फिल्म ‘दबंग ३’ लाई उदाहरण दिँदै अधिकारीले हिन्दी फिल्मका लागि सबै हल खाली गरेको तर नेपाली फिल्मलाई कम हल दिएको आरोप लगाएका हुन् ।

‘हिन्दी फिल्मलाई काखा र नेपाली फिल्मलाई पाखा कसरी गर्छन् त हलवालाहरु देखिहाल्नुभयो, यो दबंगभन्दा ४/५ गुणा हाम्रो नेपाली फिल्म छक्का पञ्जा सिरिजहरु चलेका थिए,’ निर्माता अधिकारीले आरोप लगाएका छन्, ‘तर शोज चाहिँ ४/५ गुना कम थियो नेपाली फिल्म भएरै कम दिइएको थियो ।’

त्यसो त यस्तो आवाज उठेको यो पहिलो भने होइन । ठूला ब्यानरका हिन्दी फिल्म रिलिज हुँदा नेपाली फिल्मले रिलिज मिति नै हेरफेर गर्नुपर्ने अवस्था छ ।

हालै प्रदर्शनमा आएको सलमान खानको फिल्म ‘दबंग ३’ लाई मल्टिप्लेक्समा झण्डै ९० प्रतिशत शो दिइएको थियो । यही फिल्मका डरले यो हप्ता कुनै नेपाली फिल्म रिलिज भएका थिएनन् । यता फिल्म ‘दब‌ंग ३’ ले पनि उत्साहजनक व्यापार गर्न भने सकेको छैन ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  ११ : ४० बजे

माग सम्बोधन नभएको भन्दै मिटरब्याज पीडितको जनकपुरदेखि काठमाडौंसम्म पैदल मार्च

जनकपुर- आफ्ना मागहरू बारम्बार बेवास्ता गरिएको भन्दै मिटरब्याज पीडितहरूले न्यायको माग

काभ्रेको नमोबुद्धमा खाद्य अनुगमन : सात व्यवसायीमाथि कारबाही, तीन लाख जरिवाना

काठमाडौं– काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित विभिन्न खाद्यान्न पसल, होटल, रेष्टुरेन्ट तथा

गगन थापाको चेतावनी- प्राथमिकता नतोकिएको संविधान संशोधनले देशलाई द्वन्द्वमा धकेल्न सक्छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्पष्ट प्राथमिकता र उद्देश्यबिना संविधान

‘नेपाल विशेष सेवा ऐनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको

सरकारी जग्गाको विवरण उपलब्ध गराउन मातहतका निकायलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आफ्ना मातहतका सबै निकायलाई