‘छ माया छपक्कै’ निर्माताको गुनासो – नेपाली फिल्म भएरै कम शो दिइएको थियो | Khabarhub Khabarhub

‘छ माया छपक्कै’ निर्माताको गुनासो – नेपाली फिल्म भएरै कम शो दिइएको थियो


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – असोज २४ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै’ ले मल्टिप्लेक्स हलमा पर्याप्त शो पाएन । तर फिल्मले व्यावसायिक रुपमा राम्रै कमाइ गर्‍यो । यो फिल्मले केही हलमा ५१ औँ दिन मनाउन सफल भएको थियो ।

फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्ट लगायतका कलाकारको शीर्ष भूमिका थियो । राजनैतिक विषयलाई उठान गरेर बनाइएको फिल्मले मल्टिप्लेक्स र सिङ्गल थिएटर हलमा राम्रो व्यापार गर्न सफल भएको थियो ।

फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका थिए । कमेडी शैलीको यो फिल्मले समीक्षा पनि राम्रो पाएको थियो ।

फिल्म निर्माण टिमले सोचेअनुरुप शो नपाएको गुनासो गरेको थियो । कम शो पाएका कारण व्यापारमा असर परेको निर्माण टिमले बताएको थियो ।

यतिबेला भने ‘छ माया छपक्कै’ का निर्माता रोहित अधिकारीले नेपाली हलवालाले हिन्दी फिल्मलाई काखा र नेपाली फिल्मलाई पाखा गराएको आरोप लगाएका छन् ।

यतिबेला हलमा चलिरहेको र दर्शकबाट मिश्रित प्रतिक्रिया पाइरहेको हिन्दी फिल्म ‘दबंग ३’ लाई उदाहरण दिँदै अधिकारीले हिन्दी फिल्मका लागि सबै हल खाली गरेको तर नेपाली फिल्मलाई कम हल दिएको आरोप लगाएका हुन् ।

‘हिन्दी फिल्मलाई काखा र नेपाली फिल्मलाई पाखा कसरी गर्छन् त हलवालाहरु देखिहाल्नुभयो, यो दबंगभन्दा ४/५ गुणा हाम्रो नेपाली फिल्म छक्का पञ्जा सिरिजहरु चलेका थिए,’ निर्माता अधिकारीले आरोप लगाएका छन्, ‘तर शोज चाहिँ ४/५ गुना कम थियो नेपाली फिल्म भएरै कम दिइएको थियो ।’

त्यसो त यस्तो आवाज उठेको यो पहिलो भने होइन । ठूला ब्यानरका हिन्दी फिल्म रिलिज हुँदा नेपाली फिल्मले रिलिज मिति नै हेरफेर गर्नुपर्ने अवस्था छ ।

हालै प्रदर्शनमा आएको सलमान खानको फिल्म ‘दबंग ३’ लाई मल्टिप्लेक्समा झण्डै ९० प्रतिशत शो दिइएको थियो । यही फिल्मका डरले यो हप्ता कुनै नेपाली फिल्म रिलिज भएका थिएनन् । यता फिल्म ‘दब‌ंग ३’ ले पनि उत्साहजनक व्यापार गर्न भने सकेको छैन ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  ११ : ४० बजे

खण्डहर बनेको संसद् भवन पुगे तीन मन्त्री (तस्बिरहरू)

काठमाडौँ- जेन-जी आन्दोलनकारीका नाममा गत भदौ २४ गते जलाइएको नयाँ

बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौँले बिना बिलबिजकको सामान किनबेच नगर्न

जेन-जी आन्दोलनमा राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटपाट

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकबाट पाँच करोड नगद र १८ किलो

दाङका सरकारी कार्यालयका १८८ सवारीसाधन जलेर नष्ट

दाङ– जेन-जी प्रदर्शनका क्रममा जिल्लामा १८८ वटा सवारिसाधन जलेर नष्ट

वरुण धवनले भने- अहंकारी कलाकारसँग काम नगरे पनि हुन्छ

काठमाडौं– बहुप्रतिक्षित फिल्म सन्नी संस्कारीकी तुलसी कुमारीको ट्रेलर सोमबार सार्वजनिक