३ दिनमा सलमान खानको ‘दबंग ३’ ले कति कमायो ? « Khabarhub

३ दिनमा सलमान खानको ‘दबंग ३’ ले कति कमायो ?


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सलमान खान, सोनाक्षी सिन्हा र सई मन्जरेकर स्टारर फिल्म ‘दबंग ३’ ले मिश्रित प्रतिक्रिया पाएको छ । फिल्मले पहिलो दिन २२ देखि २३ करोड भारु कमाइ गरेको थियो ।

दोस्रो दिनसम्म आउँदा पनि फिल्मको कमाइ यसैको आसपास छ । भारतीय मिडियाका अनुसार फिल्मले रिलिजको तेस्रो दिन २९ करोड कमाइ गरेको छ । पहिलेको तुलनामा फिल्मको व्यापार केही बढी देखिएको छ ।

यतिबेला भारतमा भइरहेको आन्दोलनका कारण पनि फिल्मलाई घाटा भएको छ । दिल्ली र उत्तर प्रदेशमा भएको प्रदर्शनका कारण फिल्मको व्यापारमा घाटा पुगेको भारतीय मिडियाले जनाएका छन् ।

फिल्मले पहिलो विकेन्डमा झण्डै ७३ करोड कमाइ गरेको छ । यसलाई सलमानका अन्य फिल्मको कलेक्सनभन्दा कम मानिएको छ ।

फिल्मलाई लिएर दर्शकले मिश्रित प्रतिक्रिया दिएका छन् । समीक्षकले पनि ‘दबंग ३’ लाई स्तरीय फिल्म भनेनन् । सामाजिक सञ्जालमा पनि फिल्मको आलोचना भएको थियो ।

फिल्ममा सलमान खानले चुलबुल पाण्डेको भूमिका निभाएका छन् । जो एक बलवान् प्रहरी अफिसर हुन्छन् ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  १२ : ०५ बजे

साडीमा नचिनेपछि विपिन कार्कीप्रति इभा गिरीको आपत्ति, भनिन्- ‘उहाँहरूको सोचमै समस्या भयो’

काठमाडौं– टिकटकर तथा नवअभिनेत्री इभा गिरीले अभिनेता विपिन कार्कीले आफूलाई

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित