ओखलढुंगाको खिजिदेम्बा विमानस्थलमा गरियो परीक्षण उडान « Khabarhub

ओखलढुंगाको खिजिदेम्बा विमानस्थलमा गरियो परीक्षण उडान


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ओखलढुंगाको खिजिदेम्बा विमानस्थलमा परीक्षण उडान गरिएको छ ।

सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, ओखलढुंगाबाट निर्वाचित प्रतिनिसिभा सदस्य यज्ञराज सुनुवारसहितका व्यक्ति लिएर खिजिदेम्बा विमानस्थल पुगेका थिए ।

पर्यटनमन्त्री भट्टराईले आवश्यक प्राविधिक तयारी गरी छिट्टै खिजिदेम्बा विमानस्थलमा नियमित उडान गर्ने जानकारी दिए ।

निर्माण कार्य सुरु भएको १३ वर्षपछि ओखलढुङ्गाको खिजिचण्डेश्वरी हवाई मैदान निर्माण कार्य पूरा भएको परीक्षण उडान गरिएको हो । परीक्षण उडानका लागि मन्त्री भट्टराई हेलिकप्टर लिएर ओखलढुंगा पुगेका छन् ।

जिल्लाको खिजिदेम्बा गाउँपालिकामा पर्ने उक्त हवाई मैदान निर्माणका लागि तत्कालीन ओखलढुङ्गा जिल्ला विकास समितिले २०६३ सालमा बजेट विनियोजन गरी कामको सुरुवात गरेको थियो । अर्थिक वर्ष २०७३/७४ बाट भने नेपाल सरकारको बजेटमा नै समावेश गरी हवाई मैदान निर्माण कार्यलाई गति दिइएको थियो ।

नियमित उडान भएमा यस जिल्लाको पश्चिमी उत्तरी क्षेत्रका खिजीदेम्बा, सोलुखुम्बुको लिखुपिके र रामेछापको उमाकुण्ड तथा लिखु तामाकोसी गाउँपालिकाका नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन् । नियमित उडान भएमा दिनमा १५ देखि १८ घण्टा लगाएर गाडीमा रामार्गसम्म आउनुपर्ने जोखिमसमेत अन्त्य हुनेछ ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  १२ : १० बजे

शेरबहादुर भन्छन् : रास्वपाले पाएको मतको ‘केमिकल जाँच’ हुनुपर्छ

काठमाडौं– नेकपा (एमाले) का नेता शेरबहादुर तामाङले फागुन निर्वाचनमा पार्टीले

अन्तर्राष्ट्रिय तेल आपूर्ति सुरक्षित गर्न ट्रम्पको पहल

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार करिब सात देशलाई हर्मुज

वाणिज्य विभागले भन्यो : व्यापारीले ग्यास लुकाएका छैनन्, मागअनुसार आपूर्ति नहुँदा अभाव भयो

काठमाडौं– वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने ग्यासको

योगेशले राष्ट्रपतिलाई भने : संविधान र लोकतन्त्र जोगाउनु भएकोमा उच्च सम्मान

काठमाडौं- नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले सोमबार राष्ट्रपति रामचन्द्र पौडेललाई

करेन्ट लागेर एक जनाको मृत्यु

मान्म– कालीकोटमा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।