ओखलढुंगाको खिजिदेम्बा विमानस्थलमा गरियो परीक्षण उडान « Khabarhub

ओखलढुंगाको खिजिदेम्बा विमानस्थलमा गरियो परीक्षण उडान


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ओखलढुंगाको खिजिदेम्बा विमानस्थलमा परीक्षण उडान गरिएको छ ।

सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, ओखलढुंगाबाट निर्वाचित प्रतिनिसिभा सदस्य यज्ञराज सुनुवारसहितका व्यक्ति लिएर खिजिदेम्बा विमानस्थल पुगेका थिए ।

पर्यटनमन्त्री भट्टराईले आवश्यक प्राविधिक तयारी गरी छिट्टै खिजिदेम्बा विमानस्थलमा नियमित उडान गर्ने जानकारी दिए ।

निर्माण कार्य सुरु भएको १३ वर्षपछि ओखलढुङ्गाको खिजिचण्डेश्वरी हवाई मैदान निर्माण कार्य पूरा भएको परीक्षण उडान गरिएको हो । परीक्षण उडानका लागि मन्त्री भट्टराई हेलिकप्टर लिएर ओखलढुंगा पुगेका छन् ।

जिल्लाको खिजिदेम्बा गाउँपालिकामा पर्ने उक्त हवाई मैदान निर्माणका लागि तत्कालीन ओखलढुङ्गा जिल्ला विकास समितिले २०६३ सालमा बजेट विनियोजन गरी कामको सुरुवात गरेको थियो । अर्थिक वर्ष २०७३/७४ बाट भने नेपाल सरकारको बजेटमा नै समावेश गरी हवाई मैदान निर्माण कार्यलाई गति दिइएको थियो ।

नियमित उडान भएमा यस जिल्लाको पश्चिमी उत्तरी क्षेत्रका खिजीदेम्बा, सोलुखुम्बुको लिखुपिके र रामेछापको उमाकुण्ड तथा लिखु तामाकोसी गाउँपालिकाका नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन् । नियमित उडान भएमा दिनमा १५ देखि १८ घण्टा लगाएर गाडीमा रामार्गसम्म आउनुपर्ने जोखिमसमेत अन्त्य हुनेछ ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  १२ : १० बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको