रसायनको प्रयोगबाट नक्कली घ्यु उत्पादन– दूर्गा, पूजा र गोकुलको स्टिकर टाँसेर बिक्री « Khabarhub

रसायनको प्रयोगबाट नक्कली घ्यु उत्पादन– दूर्गा, पूजा र गोकुलको स्टिकर टाँसेर बिक्री


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पर्साको वीरगन्जमा रसायन प्रयोग गरेर नक्कली घ्यु उत्पादन गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वीरगन्जको ब्रह्मचोक मा अनिल श्रेष्ठले सञ्चालन गरेको सिद्धिविनायक पूजा सामग्री पोडक्ट्स उद्योगमा रसायन (केमिकल) प्रयोग गरेर घ्यु उत्पादन गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरन्ज महानगरपालिका–१५ घर भएका ३३ वर्षीय अनिल श्रेष्ठ, सोही ठाउँका ३७ वर्षीय रमेश श्रेष्ठ र भारतीय राज्य बिहारअन्तर्गत मोतिहारी जिल्लाअन्तर्गत अदापुर गाउँका २५ वर्षीय राम विलास यादव छन् ।

प्रहरीले उद्योगमा उत्पादन भएर बजारमा बिक्रीका लागि ठिक्क पारिएको केही नक्कली घ्यु समेत बरामद गरेको छ ।

प्रहरीका अनुसार उनीहरुले रसायन प्रयोग गरी नक्कली घ्यु उत्पादन गरेर दूर्गा, पूजा गोकुल घ्यु लेखेको स्टिकर टाँसेर बजारमा बिक्री गर्ने गरेका थिए ।

प्रहरीले घ्यु उत्पादनमा प्रयोग हुने गरेको रसायनबारे भने अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  १ : २८ बजे

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो

झापा– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दै गएको

जाजरकोटको रिसाङमा पहिरो: दुई जना बेपत्ता, सात घाइते

कर्णाली – अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९आइतबार०का लागि विदेशी मुद्राको

मनसुन सक्रिय : पाँच प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ – देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन ३१ गते आइतबार सन् २०२६