गोकर्ण फोरेष्ट रिसोर्ट प्रकरण–लेखा समितिले माग्यो कागजात « Khabarhub

गोकर्ण फोरेष्ट रिसोर्ट प्रकरण–लेखा समितिले माग्यो कागजात


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गोकर्ण फोरेष्ट रिसोर्ट प्रकरणमा संसदको सार्वजनिक लेखा समितिले छानविन थालेको छ ।

प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले ६ वर्ष समय बाँकी रहँदै २५ वर्ष लिज अवधि थप गरिएको भन्दै लेखा समितिले यससम्बन्धी सम्पूर्ण कागजात उपलब्ध गराउन निर्देशन दिएको छ ।

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले गोकर्ण फरेष्ट र दरबारमार्गको लिज सम्झौताको कागजात सात दिनभित्र उपलब्ध गराउन नेपाल ट्रष्टको कार्यालयलाई निर्देशन दिएको हो ।

केही समय अघिको मन्त्रिपरिषद बैठकले गोकर्ण फरेष्ट रिसोर्टको समय २५ वर्ष थप्ने निर्णय गरेको थियो। निर्णय थपसँगै विरोध सुरु भएपछि सार्वजनिक लेखा समितिले कागजपत्र माग्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले यति होल्डिङसलाई नै ६ वर्षको समय अवधि बाँकी रहेको अवधिमा २५ वर्षको समय थप गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  २ : ०८ बजे

मार्फामा हिउँचितुवाको आक्रमणबाट १७ भेंडा मरे

मुस्ताङ- मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका-२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रको

जेन-जी शहीद परिवारसँग भएको सहमति पूर्णरुपमा कार्यान्वयन हुन्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनका शहीद परिवारसँग भएको सहमति

कांग्रेस विवादबारे आयोगले दियो निर्णय, गगनले पाए रुख र चारतारे झण्डा

काठमाडौं- निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक मान्यता

‘द ब्ल्यू लाइट’को सस्पेन्स ट्रेलर सार्वजनिक

काठमाडौं – कथा सस्पेन्स राखेर फिल्म ‘द ब्ल्यू लाइट’को ट्रेलर