मनाङसँग स्तब्ध आर्मी– ‘मिस कम्युनिकेशन’ले खेल हारियो ! « Khabarhub

मनाङसँग स्तब्ध आर्मी– ‘मिस कम्युनिकेशन’ले खेल हारियो !


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शहीद स्मारक ए डिभिजन लिगको साविक विजेता मनाङ मर्स्याङ्दीका मुख्य प्रशिक्षक फुजा तोपेले विभागिय क्लब त्रिभुवन आर्मीसँग रणनीति अनुसार खेल्न सफल भएको बताएका छन्।

`रणनीति अनुसार खेल्दा ३ अंक जोड्न सफल भयौं,´ प्रशिक्षक तोपेले भने, ´हामी १ अंकका लागि मैदान उत्रिएका थियौं, तर अन्तिमसम्म पुग्दा ३ अंक पायौं । खुसी छौं।´

सोमबार दशरथ रंगशालामा भएको खेलमा मनाङले अतिरिक्त समयमा गोल गर्दै विभागीय टोली त्रिभुवन आर्मीमाथि  १-० गोल अन्तरको जीत हात पारेको छ।

मनाङका लागि भारतीय खेलाडी दयानन्द सिंहले गोल गरेका थिए। आर्मीका गोलकिपर विकेश कुथुले क्लियर गर्न खोजेको बललाई दयानन्दले गोलमा परिणत गरेका हुन् ।

मनाङविरुद्व ३ अंक जोड्ने लक्ष्यसहित मैदान उत्रिएको आर्मीका खेलाडीबीच मिस कम्युनिकेसन हुँदा हार व्यहोर्नुपरेको प्रशिक्षक नवीन न्यौपानेले बताए।

`हामीले पाएका अवसर सदुपयोग गर्न सकेनौं । खेलाडीहरूबीच मिस कम्युनिकेसनले गर्दा अन्तिम समयमा गोल खान पुग्यौं,´ प्रशिक्षक न्यौपानेले भने ।

मनाङका प्रशिक्षक तोपेले क्लबमा ढिला आएका कारण टिमको व्यवस्थापनमा समस्या रहेपनि आज (सोमबार)को खेलबाट सन्तुष्ट रहेको बताए ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  २ : ५८ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक