काठमाडौंमा शंकास्पद गतिविधि गर्ने ७८ विदेशी पक्राउ– पक्राउ पर्नेमध्ये चिनियाँ नागरिक धेरै « Khabarhub

काठमाडौंमा शंकास्पद गतिविधि गर्ने ७८ विदेशी पक्राउ– पक्राउ पर्नेमध्ये चिनियाँ नागरिक धेरै


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पर्यटक भिसामा नेपाल आएर शंकास्पद गतिविधि गरेको अभियोगमा प्रहरीले करिब ७८ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

केही चिनियाँ नागरिकहरु बैंक ह्याकिङ गर्ने योजनाका साथ सक्रिय रहेको सूचनाका आधारमा काठमाडौंका विभिन्न क्षेत्रमा खानतलासीमा जुटेको प्रहरीले सोमबार दिउँसोसम्म करिब ७८ जना विदेशीलाई पक्राउ गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाको टोलीले सोमबार बिहानदेखि काठमाडौंका मनमैजु, बाँसबारी, ठमेललगायत क्षेत्रमा खानतलासी शुरु गरेको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले अहिले पनि खानतलासीको काम जारी रहेको जानकारी दिए ।

‘पर्यटक भिसामा नेपाल आएका विदेशीहरु शंकास्पद गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा खानतलासी शुरु गरिएको हो । अहिले पनि छापा हान्ने क्रम जारी छ,’ एसएसपी सुवेदीले भने ।

खबरहबको सम्पर्कमा आएका महानगरीय प्रहरी परिसर काठमाडौंका एक अधिकारीले पक्राउ पर्ने मध्ये अधिकांश चिनियाँ नागरिक भएको बताए ।

‘उनीहरु फेरि पनि नेपालमा बैंक ह्याक गर्ने तथा अन्य अवैध गतिविधिमा संलग्न रहेको सूचना केही हप्ता अगाडि आएको थियो,’ खबरहबको सम्पर्कमा आएका काठमाडौं प्रहरीका अधिकारीले भने, ‘केही दिनको अनुसन्धानबाट उनीहरु बस्ने ठाउँ पत्ता लागेर खानतलासी शुरु गरिएको हो ।’

प्रहरीले गत असोज महिनामा मात्रै नेपाली बैंकका एटीएम ह्याक गरी रकम लुटिरहेको अवस्थामा केही चिनियाँहरुलाई पक्राउ गरेको थियो ।

एटीएम ह्याक गरी रकम लुटपाटमा संलग्न चिनियाँहरु अहिले बैंकिङ कसुर तथा संगठीत अपराधअन्तर्गत मुद्दाको पुर्पक्षका लागि जेलमा छन् ।


बाँसबारीको शंकास्पद घरमा प्रहरीको छापा, बैंक ह्याक गर्ने अर्को ‘चिनियाँ गिरोह’ पक्राउ

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  ३ : ०८ बजे

पिउने पानीको बोतलमा प्लास्टिकको ‘नेक-सील’ प्रतिबन्ध, जारमा अनिवार्य लेबलिङ्ग गर्नुपर्ने

काठमाडौं– नेपाल सरकारले बजारमा उपलब्ध हुने पिउने पानीको गुणस्तर सुनिश्चित

चोरी भएका दुईपाङ्ग्रे साधन सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरीले चोरी भएका र हराएका मोटरसाइकल तथा

झगडा छुट्याउन छाडेर खिच्छन् भिडियो, मर्दै गएको हो नेपाली समाजको मानवीयता ?

काठमाडौं- चैत २५ गते ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा ललितपुर

पैठारी गरिने वस्तुमा एमआरपी अनिवार्य, १५ दिनभित्र कार्यान्वयन नगरे कारबाही गरिने

काठमाडौं– सरकारले विदेशबाट पैठारी भई नेपालमा बिक्री वितरण हुने सम्पूर्ण