साताको दोस्रो दिन पनि नेप्से उकालो « Khabarhub

साताको दोस्रो दिन पनि नेप्से उकालो


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साताको दोस्रो दिन नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि भएको छ ।

आइतबार सामान्य अंकले उकालो लागेको नेप्से सोमबार १७.७७ अंकले बढेर ११६८.५८ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.५४ प्रतिशतको वृद्धि हो ।

आज कूल ५९ करोड ५७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज कूल १७७ कम्पनीको १७ लाख ५४ हजार ३६३ कित्ता शेयर किनबेच भएको छ । जसमध्ये शिवम् सिमेन्टको सबैभन्दा बढी ५ करोड ८५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

साेमबार कूल ६ कम्पनीका लगानीकर्ताले ९ प्रतिशतभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी नागरिक लगानी कोषका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् ।

हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको ९.९२, सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाको ९.८६, शिवम् सिमेन्टको ९.८६, गुराँस लघुवित्त वित्तीय संस्थाको ९.८४ र सिर्जना फाइनान्स वित्तीय संस्थाको शेयर मूल्य ९.७१ प्रतिशतले बढेको छ ।

कारोबारमा आएका १२ कम्पनी मध्ये म्युचअल फण्ड बाहेक बाँकी समूह उकालो लागेका छन् । जीवन बीमा १७०, निर्जीवन बीमा १५८ र उत्पादनमूलक समूह ११३ अंकले बढेका छन् ।

सोमबार पाँचथर पावर कम्पनीको शेयर मूल्य ७.०२ प्रतिशतले घटेको छ । बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता १०६ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  ५ : १५ बजे

पिएम कपमा आशिफ शेखको शतक

काठमाडौँ – पिएम कप क्रिकेटमा सशस्त्र पुलिस क्लबका आशिफ शेखले

आश्रम व्यवस्थापन गर्न कुरिलो खेती

चितवन– भरतपुर महानगरपालिका–४ रामघाटस्थित नारायणधाम आश्रमले आश्रम व्यवस्थापनका लागि कुरिलो

भोजपुरमा आगामी वैशाख ६ देखि नवौँ मेयर गोल्डकप हुँदै

भोजपुर– आगामी वैशाख ६ देखि १२ गतेसम्म भोजपुर नगरपालिकाको मुख्य

डडेल्धुरामा ‘डोट्याली सङ्ग्रहालय’ स्थापना

डडेल्धुरा– डडेल्धुरा सार्वजनिक पुस्तकालयले ‘डोट्याली सङ्ग्रहालय’ स्थापना गरेको छ ।

कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा

टीकापुर– कैलाली र बर्दिया जिल्ला जोड्ने कर्णाली नदीस्थित सनकट्टी घाटमा