चिनियाँ आपराधिक गिरोहविरुद्ध प्रहरीको अहिलेसम्मकै ठूलो अपरेशन– ९७ जना संदिग्ध पक्राउ « Khabarhub

चिनियाँ आपराधिक गिरोहविरुद्ध प्रहरीको अहिलेसम्मकै ठूलो अपरेशन– ९७ जना संदिग्ध पक्राउ


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पर्यटक भिसामा नेपाल आएर अवैध गतिविधिमा संलग्न करिब ९७ जना चिनियाँ नागरिकहरु पक्राउ परेका छन् ।

प्रहरीले गरेको विशेष सर्च अपरेशनका क्रममा काठमाडौंका विभिन्न ठाउँबाट ९७ जना चिनियाँ नागरिकहरु पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार उनीहरु विभिन्न प्रविधिको प्रयोग गरी बैंक ह्याकिङ लगायत अवैधानिक गतिविधिमा संलग्न थिए ।

केही चिनियाँ नागरिकहरु बैंक ह्याकिङ गर्ने योजनाका साथ सक्रिय रहेको सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाको टोलीले सोमबार बिहानदेखि काठमाडौंका विभिन्न ठाउँमा छापा हान्न शुरु गरेको थियो ।

प्रहरीले काठमाडौंको मनमैजु, बाँसबारी, ठमेललगायत क्षेत्रमा छापा हानी चिनियाँ नागरिकलाई पक्राउ गरिएको जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले पर्यटक भिसामा नेपाल आएका चिनियाँ नागरिकहरु शंकास्पद गतिविधिमा संलग्न देखिएपछि उनीहरुलाई पक्राउ गरिएको बताए ।

उनीहरुको साथबाट ह्याकिङमा प्रयोग हुने उपकरण, केही ल्याटपट, मोबाइलसहितका विद्युतीय सामग्री बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चिनियाँहरुले नेपाललाई आधार बनाएर अन्य देशविरुद्ध समेत ह्याकिङ गर्ने गरेको देखिएको छ ।

यद्यपि उनीहरुमाथि थप अनुसन्धान भने जारी रहेको प्रहरीको भनाइ छ ।

प्रहरीले गत असोज महिनामा मात्रै नेपाली बैंकका एटीएम ह्याक गरी रकम लुटिरहेको अवस्थामा केही चिनियाँहरुलाई पक्राउ गरेको थियो ।

एटीएम ह्याक गरी रकम लुटपाटमा संलग्न चिनियाँहरु अहिले बैंकिङ कसुर तथा संगठीत अपराधअन्तर्गत मुद्दाको पुर्पक्षका लागि जेलमा छन् ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  ५ : १८ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने