चिनियाँ आपराधिक गिरोहविरुद्ध प्रहरीको अहिलेसम्मकै ठूलो अपरेशन– ९७ जना संदिग्ध पक्राउ « Khabarhub

चिनियाँ आपराधिक गिरोहविरुद्ध प्रहरीको अहिलेसम्मकै ठूलो अपरेशन– ९७ जना संदिग्ध पक्राउ


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पर्यटक भिसामा नेपाल आएर अवैध गतिविधिमा संलग्न करिब ९७ जना चिनियाँ नागरिकहरु पक्राउ परेका छन् ।

प्रहरीले गरेको विशेष सर्च अपरेशनका क्रममा काठमाडौंका विभिन्न ठाउँबाट ९७ जना चिनियाँ नागरिकहरु पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार उनीहरु विभिन्न प्रविधिको प्रयोग गरी बैंक ह्याकिङ लगायत अवैधानिक गतिविधिमा संलग्न थिए ।

केही चिनियाँ नागरिकहरु बैंक ह्याकिङ गर्ने योजनाका साथ सक्रिय रहेको सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाको टोलीले सोमबार बिहानदेखि काठमाडौंका विभिन्न ठाउँमा छापा हान्न शुरु गरेको थियो ।

प्रहरीले काठमाडौंको मनमैजु, बाँसबारी, ठमेललगायत क्षेत्रमा छापा हानी चिनियाँ नागरिकलाई पक्राउ गरिएको जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले पर्यटक भिसामा नेपाल आएका चिनियाँ नागरिकहरु शंकास्पद गतिविधिमा संलग्न देखिएपछि उनीहरुलाई पक्राउ गरिएको बताए ।

उनीहरुको साथबाट ह्याकिङमा प्रयोग हुने उपकरण, केही ल्याटपट, मोबाइलसहितका विद्युतीय सामग्री बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चिनियाँहरुले नेपाललाई आधार बनाएर अन्य देशविरुद्ध समेत ह्याकिङ गर्ने गरेको देखिएको छ ।

यद्यपि उनीहरुमाथि थप अनुसन्धान भने जारी रहेको प्रहरीको भनाइ छ ।

प्रहरीले गत असोज महिनामा मात्रै नेपाली बैंकका एटीएम ह्याक गरी रकम लुटिरहेको अवस्थामा केही चिनियाँहरुलाई पक्राउ गरेको थियो ।

एटीएम ह्याक गरी रकम लुटपाटमा संलग्न चिनियाँहरु अहिले बैंकिङ कसुर तथा संगठीत अपराधअन्तर्गत मुद्दाको पुर्पक्षका लागि जेलमा छन् ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  ५ : १८ बजे

मास्टर्नी : ‘कपी’ फिल्म

फिल्म : मास्टर्नीकलाकार : प्रियंका कार्की, आर्यन सिग्देल, प्रमोद अग्रहरी,

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत

प्राचीन बनेपाको धार्मिक पहिचान : १२४ वर्षदेखि ‘कन्या–पूजा’

काभ्रेपलाञ्चोक– प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा । जहाँ १२४

१५ केजी लागूऔषधसहित पाँच महिला पक्राउ

कपिलवस्तु– प्रहरीले कपिलवस्तुको कृष्णनगरबाट लागूऔषधसहित पाँच महिलालाई पक्राउ गरेको छ

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले टीकापुर घटनासँग सम्बन्धित