यी रोगका बिरामीलाई मेवा अतिउपयोगी « Khabarhub

यी रोगका बिरामीलाई मेवा अतिउपयोगी


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

मेवा खानुभएको छ ? मेवा बाह्रै महिना पाइने फल हो । मेवा शरीर र स्वास्थ्यका लागि निकै फाइदाजन मानिन्छ ।

मेवाले पेट, मुटु र छालालाई स्वास्थ्य राख्न सहयोग पुर्‍याउँछ । त्यतिमात्र होइन कतिपय रोगका बिरामीका लागि मेवाले औषधिकै रुपमा समेत काम गर्छ ।  आज हामी तपाईलाई मेवाले कुन रोगका बिरामीलाई फाइदा गर्छ भनेर जानकारी दिदै छौं ।

यी रोगमा फाइदाजनक मेवा

दाद आएमा

तपाईलाई दादको समस्या छ भने काँचो मेवाको टुक्रा काटेर दाद आएको ठाउँमा नियमित लगाएमा दाद ठिक हुन्छ । त्यसका लागि बोटबाट टिपेको ताजा काँचो मेवा प्रयोग गर्नुपर्छ ।

जिब्रो फुटेमा

तपाईको जिब्रो फुटेको छ । यदी जिब्रो फुटेको छ भने मेवाले तपाईको फुटेको जिब्रोलाई निको बनाउन सक्छ । त्यसका लागि काँचो मेवालाई गिलसिरिन मिसाएर जिब्रोमा बिहान र बेलुका लगाउँदा केही दिनमा जिब्रो फुटेको ठिक हुन्छ ।

डंडीफोर र चाँया भएमा

काँचो मेवाले तापईको छालामा हुने समस्या निको पार्न सहयोग पु¥याउँछ । काँचो मेवाको पेस्ट बनाएर हेरक दिन त्यसले मुख धोएमा डंडीफोर, चायाँ, पोटो निको हुन्छ ।

घाँटी सुन्निएमा

काँचो मेवाको टुक्रा पकाएर पानीले मुख कुल्ला गर्दा केही दिनमा घाँटी सुन्निने समस्या ठिक हुन्छ ।

चाउरीपना आउन नदिन

मेवामा भएको एन्टिअक्सिडेन्टले उमेर अगावै छाला चाउरी पर्ने समस्या आउन दिदैन ।त्यसैले जवान रहन चाहनुहुन्छ भने मेवाको पेस्ट बनाएर प्रयोग गर्नुस्

पेटको समस्यामा

मेवाको बियाँले पेटको समस्यामा औषधिको काम गर्छ । पेटमा जुका वा परजीवीको कारणले पेट दुख्ने समस्या छ भने मेवा खानु उपयुक्त हुन्छ ।

तौल घटाउन

उच्च पोषण र न्यून क्यालोरी हुने भएकाले तौल घटाउन चाहनेका लागि मेवा निकै लाभदायी हुन्छ ।

वाकवाकी लाग्न नदिन

खासगरी गर्भवती महिलामा बिहानपख देखिने वाकवाकीको समस्यामा यो काम लाग्छ। बिहान एउटा सानो टुक्रा मेवा खानाले वाकवाकी र अरूची हट्छ।

प्रतिरोधी क्षमता वृद्धि गर्न

मेवामा भिटामिन ए र भिटामिन सी पाइन्छ । मेवाले शरीरमा रोगप्रतिरोधी क्षमता वृद्धि गर्न सहयोग पुर्‍याउँछ । त्यसैले ज्वरो, रुघाखोकी भइरहने बिरामीले मेवा खाँदा यस्तो समस्याबाट छुटकारा पाइन्छ ।

डेंगुकाे राेकथाम

मेवाको पातको जुसले डेंगुको ज्वरोलाई समेत रोकथाम गर्ने छ । मेवाको पातको जुसले शरीरमा रगतको प्लेटलेटमा वृद्धि गर्छ ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  ७ : ५६ बजे

काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

तेहरान – इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको

युद्धविरामबारे ट्रम्पले भने : निकै महत्वपूर्ण कदम, तर पर्याप्त छैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले