मंसिरमा मात्रै करीब ५७ हजार नेपाली कामदार वैदेशिक रोजगारीमा « Khabarhub

मंसिरमा मात्रै करीब ५७ हजार नेपाली कामदार वैदेशिक रोजगारीमा


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंसिर महिनामा संस्थागत, रिईन्ट्री व्यक्तिगत, तथा वैधानिकीकरण गरी ५६ हजार ८ सय १० जना नेपाली रोजगारीको खोजीमा विभिन्न देश पुगेका छन् ।

वैदेशिक रोजगार विभागले मंसिर महिनाको तंथ्याक सार्वजानिक गदै रिईन्ट्री तथा व्यक्तिगत मार्फत २८ हजार ६ सय ३७ जना विदेशिएको जनाएको छ ।

संस्थागत संख्या २४ हजार २९ रहेको छ । त्यसमा महिलाको संख्या १ हजार ७ सय ९१ रहेको विभागको तंथ्याकमा छ ।

संस्थागत रुपमा वैदेशिक रोजगारीमा जाने कामदारहरुको संख्या कात्तिक महिनाको तुलनाा मंसिरमा बढेको छ । गत कात्तिक महिनामा ५१ हजार ५ सय, असोजमा १९ हजार ५ सय ४२, भाद्र महिनामा ३९ हजार ८ सय ४७ र साउन महिनामा ३२ हजार ५ सय ५७ जना बिदेशिएका छन् ।

वैदेशिक रोजगार विभागले तयार पारेको तथ्यांक अनुसार मंसिरमा सबै भन्दा बढी कामदार साउदी अरब गएका छन् । मंसिरमा उक्त मुलुक जानेको संख्या ६ हजार १ सय ८२ जना रहेको छ ।

साउदीपछि नेपाली कामदार क्रमशः यूएई, मलेसिया र कतार गएका छन् । मंसिरमा यूएई जानेको संख्या ५ हजार ४ सय ३५ रहेको छ भने मलेसिया जानेको संख्या ४ हजार ९ सय ५ र कतार जानेको संख्या ३ हजार ६ सय ९७ रहेको छ ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  ६ : ०४ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल