मंसिरमा मात्रै करीब ५७ हजार नेपाली कामदार वैदेशिक रोजगारीमा « Khabarhub

मंसिरमा मात्रै करीब ५७ हजार नेपाली कामदार वैदेशिक रोजगारीमा


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंसिर महिनामा संस्थागत, रिईन्ट्री व्यक्तिगत, तथा वैधानिकीकरण गरी ५६ हजार ८ सय १० जना नेपाली रोजगारीको खोजीमा विभिन्न देश पुगेका छन् ।

वैदेशिक रोजगार विभागले मंसिर महिनाको तंथ्याक सार्वजानिक गदै रिईन्ट्री तथा व्यक्तिगत मार्फत २८ हजार ६ सय ३७ जना विदेशिएको जनाएको छ ।

संस्थागत संख्या २४ हजार २९ रहेको छ । त्यसमा महिलाको संख्या १ हजार ७ सय ९१ रहेको विभागको तंथ्याकमा छ ।

संस्थागत रुपमा वैदेशिक रोजगारीमा जाने कामदारहरुको संख्या कात्तिक महिनाको तुलनाा मंसिरमा बढेको छ । गत कात्तिक महिनामा ५१ हजार ५ सय, असोजमा १९ हजार ५ सय ४२, भाद्र महिनामा ३९ हजार ८ सय ४७ र साउन महिनामा ३२ हजार ५ सय ५७ जना बिदेशिएका छन् ।

वैदेशिक रोजगार विभागले तयार पारेको तथ्यांक अनुसार मंसिरमा सबै भन्दा बढी कामदार साउदी अरब गएका छन् । मंसिरमा उक्त मुलुक जानेको संख्या ६ हजार १ सय ८२ जना रहेको छ ।

साउदीपछि नेपाली कामदार क्रमशः यूएई, मलेसिया र कतार गएका छन् । मंसिरमा यूएई जानेको संख्या ५ हजार ४ सय ३५ रहेको छ भने मलेसिया जानेको संख्या ४ हजार ९ सय ५ र कतार जानेको संख्या ३ हजार ६ सय ९७ रहेको छ ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  ६ : ०४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै