नविल बैंकले ल्यायो ‘नबिल सजिलो एक्प्रेस’ कर्जा योजना « Khabarhub

नविल बैंकले ल्यायो ‘नबिल सजिलो एक्प्रेस’ कर्जा योजना


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नबिल बैंकले साना तथा मझौला उद्यमीलाई लक्षित गर्दै नयाँ ऋण योजना ल्याएको छ। बैंकले युकेएड सक्षम सक्षम फाईनान्ससंग सहकार्यमा ऋण बिस्तार योजना ल्याएको हो।

उक्त योजनामा ऋणको आवेदन दिएको ३५ घण्टामै पैसा उपलब्ध गराइने छ। बैंकले सोमबार पत्रकार सम्मेलन गर्दै ७५ लाखसम्मको साना तथा मझौला ऋण ३५ घण्टाभित्र उपलब्ध गराउने जानकारी दिएको हो ।

यसको अधिकतम ब्याज दर साढे १० प्रतिशत कायम गरिएको छ । यो ब्याज दर एक वर्षसम्म बढ्दैन । बैंकले क्रेडिट स्कोरिङ मोडेलमार्फत ऋण पाउन कतिको योग्य हो होइन भनेर मूल्यांकन गर्ने छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले बैंक ३५ वर्ष पुगेको उपलक्ष्य पारेर ३५ घण्टामै ऋण स्वीकृत गर्ने स्किम ल्याएको बताए ।

उनले आगामी दिन साना तथा मझौला उद्यमको रहेको भन्दै आजको एसएमइ नै भोलिको कर्पोरेट रहेको बताए ।

नबिल सजिलो एक्सप्रेस कर्जा लिँदा कारोबार सूचना, मासिक विद्युतीय बैंकिङ विवरण, क्रेडिट कार्ड निःशुल्क उपलब्ध हुने छ । बैंकले सक्षमसँगको सहकार्यमा ऋण योजना सुरू गरेको हो ।

बैंकका नेपाल भरको सबै शाखाहरुबाट ऋण उपलब्ध हुनेछ । सक्षमका टिम लिडर निर्मल दाहालले नबिलसँग विकटमा शाखा खोल्नेसहित यो दोस्रो सहकार्य रहेको बताउँदै यसबाट उद्यमशीलतालाई बढावा पुग्ने जानकारी दिए ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  ६ : ४३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै