मानव बेचबिखनमा परेका पीडितहरु न्याय पाउनबाट बञ्चित | Khabarhub Khabarhub

मानव बेचबिखनमा परेका पीडितहरु न्याय पाउनबाट बञ्चित


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मानव बेचबिखनमा परेका पीडितहरु न्याय पाउनबाट बञ्चित रहेको एक अध्ययनले देखाएको छ ।

आफन्त नेपालले गरेका एक अध्ययनले मानव बेचबिखनमा परेका पीडितहरु न्याय पाउनबाट बञ्चित रहेको दखाएको हो ।

आफन्तले मानव बेचबिखन पीडित केन्द्रीत वैज्ञानिक अन्तरवार्ता स्रोत सामाग्री पुस्तिका सार्वजनिक गर्दै मानव बेचबिखनमा परेका पीडितलाई न्याय दिलाउने सरकारले उचित कदम चाल्न नसकेको आरोप लगाएको छ ।

देशभर करिब १० हजारको हाराहारीमा मानव बेचबिखन पीडित भएपनि कानुनी उपचारका लागि करिब ३ सय मुद्दा मात्र दर्ता भएको पुस्तिकामा खुलाइएको छ ।

मानव बेचबिखनमा परेका पीडितहरुले समाजको बेइज्जत हुने डरले न्यायका लागि प्रशासनसम्म नपुग्ने गरेको पुस्तिकामा उल्लेख गरिएको छ ।

कार्यक्रममा महिला, वालबालिका तथा ज्येष्ट नागरिक मन्त्री पर्वत गुरुङले सरकारले मानव बेचबिखन पीडितलाई उचित न्याय र दोषीलाई कारबाही गर्ने प्रतिवद्धता जनाए ।

उनले भने, ‘ मानव बेचबिखनका घटनाप्रति सरकार गम्भीर भएर काम गरिरहेको छ । आगामी दिनमा विभिन्न सरकार र गैरसरकारीसँग मिलेर अभियान चलाउने छौं ।’

आफन्त नेपालका निर्देशक इन्द्रराज भट्टराईले मानव बेचबिखनमा परेका पीडितलाई रोजगारी, शिक्षा र स्वास्थ्यका लागि राज्यले विषेश व्यवस्था गर्नुपर्ने बताए ।

आफन्तले मानव तस्करीमा परेका पीडितलाई अभिमुखिकरण तालिम, लैगिक समानतामा, सिमा अनुगमन र मानव बेचबिखनमा विरुद्धमा सचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  ६ : ५८ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास