श्रम स्वीकृतिको काम अब अनलाइनबाटै | Khabarhub Khabarhub

 श्रम स्वीकृतिको काम अब अनलाइनबाटै


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वैदेशिक रोजगारीमा जाने कामदारको पूर्व श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाटै हुने भएको छ ।

वैदेशिक रोजगारीमा जाने कामदारको पूर्व श्रम  स्वीकृतिको काम अनलाइनबाटै हुने भएपछि अब  फाइल लिएर म्यानपावर व्यवसायी वैदेशिक रोजगार विभाग अन्तर्गतको श्रम कार्यालय धाउनु नपर्ने भएको हो।

विभागले आइतबारदेखि मलेसिया, युएई र कुवेतबाट पूर्व श्रम स्वीकृतिको परिक्षण शुरु गरेको हो । म्यानपावर कम्पनीले रोजगारदाता देशबाट डिमाण्ड निकालेपछि उनीहरुले सवै विवरण भिसा प्रमाणिकरणका लागि नेपाली नियोगमा पठाउँछन् ।

त्यसपछि पूर्व श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट गरिने छ । उक्त काम अनलाइनमा भएको सवै विवरण सम्बन्धित म्यानपावर र विभागको अनलाइन प्रणालीमा आउँछ ।

त्यसपछि मात्र म्यानपावर कम्पनीले रोजगारीमा जाने कामदारसँग अन्तर्वाता लिन पाउँनेछन् ।

हाल पूर्व श्रम स्वीकृति कागज रुपमा लिएर अन्तर्वाता लिँदै आएका थिए । अब भने अन्तर्वाता लिएको विवरण पनि अनलाइन प्रणालीमा समावेश हुन्छ ।

वैदेशिक रोजगारी क्षेत्रका समस्या समाधान गर्ने अनलाइन प्रणालीको विकास गर्ने लागेको विभाग महानिर्देशक भीष्म भुषालले जानकारी दिएका छन् । अनलाइन प्रणालीबाट काम गर्ने थालेपछि विगतका तुलनामा धेरै समस्या समाधान हुँदै गएको उनको भनाइ छ ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  ७ : २० बजे

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेट

वाशिङ्टन डिसी – विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा

इजरायलले बन्धकको अवशेष फिर्ताका लागि दबाब दिन सीमा नाकामा पुनः कडाइ

जेरुसलेम – गाजा र इजिप्टबीचको सहायता मार्ग राफा सीमा बुधबार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर

आज विश्व खाद्य दिवस मनाइदै

काठमाडौं – सरकारले विश्वव्यापी रूपमा स्वच्छ, पोषणयुक्त सन्तुलित भोजनको महत्त्वबारे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असोज ३० गते बिहीबार। कात्तिक