चिसो बढेपछि सप्तरीका सामुदायिक विद्यालय बन्द « Khabarhub

चिसो बढेपछि सप्तरीका सामुदायिक विद्यालय बन्द


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- केही दिनयता शीतलहरसँगै सप्तरीमा बढेको अत्यधिक चिसोका कारण स्थानीय तहका मातहतमा रहेको सामुदायिक विद्यालय बन्द गरिएको छ । सप्तरीको रुपनी गाउँपालिकाले आजदेखि तीन दिनसम्मका लागि बिदा दिने निर्णय गरेको हो ।

रुपनी गाउँपालिकाका प्रशासकीय अधिकृत ललनकुमार यादवले जारी गरेको सूचनामा रुपनी गाउँपालिकाभित्र पर्ने सम्पूर्ण संस्थागत (निजी) तथा सामुदायिक विद्यालय आजदेखि पुस ९ गतेसम्मका लागि जाडोमा विद्यालय बन्द गर्न सबैलाई अपिल गरिएको छ ।

यस्तै सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिकाअन्तर्गत रहेको सामुदायिक विद्यालयसमेत आजदेखि पुस ११ गतेसम्म पाँच दिनका लागि जाडो बिदा दिइएको छ ।

गाउँपालिका मातहतका सम्पूर्ण विद्यालय पुस ७ गतेदेखि शुक्रबार ११ गतेसम्मका लागि जाडो बिदा दिएको गाउँपालिका अध्यक्ष पर्शुराम चौधरीले विज्ञप्तिमार्फत जानकारी गराएका हुन् ।

जिल्लाको राजविराज नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका, छिन्नमस्ता गाउँपालिकाले समेत मङ्गलबारसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ ।

राजविराज नगरपालिकाले पुस ६ गते आइतबारदेखि पुस ८ गते मंगलबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको छ ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  ७ : १४ बजे

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग

अन्तराष्ट्रिय डेरी एक्स्पो २५ गतेदेखि भरतपुरमा आयोजना हुने

काठमाडौं– अन्तराष्ट्रिय डेरी एक्स्पो २०८२, पुस २५ गतेदेखि चितवनको भरतपुरमा