नक्कली नोटसहित ४ जना बंगलादेशी नागरिक पक्राउ « Khabarhub

नक्कली नोटसहित ४ जना बंगलादेशी नागरिक पक्राउ


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- महानगरीय प्रहरी वृत्त ठिमीले नक्कली नोटसहित ४ जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा २६ वर्षका सुमन खान, बङ्गलादेश नेत्रकुना घर भई लोकन्थली बस्ने वर्ष ४१ को अलि अहमद, सोही स्थान बस्ने वर्ष २१ को रोबेल मिक्दा र वर्ष २१ महमद उल्लाहा रहेका छन् ।

प्रहरीले नक्कली नोट पसलमा दिएर फरार हुने बंंगलादेशी नागरिक सुमनलाई पहिले पक्राउ गरेको थियो । ततपश्चात अनुसन्धानका लागि उनीसँगै कोठमा बस्दै आएका अन्य तीन जनालाई समेत पक्राउ गरेको वृत्तका प्रमुख प्रहरी नायव उपरिक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।

बंगलादेश फरिदपुर घर भई हाल लोकन्थली बस्दै आएका खानले एक गिफ्ट पसलमा सामान खरिद गरी नक्कली नोट २ हजार दिएर फरार भएका थिए ।

लोकन्थलीमा रहेको लक्ष्मी सिलाई केन्द्रमा काम गर्ने गरेको खानको कोठामा खानतलासी गर्दा १ हजार दरका नक्कली जस्तो देखिने १६ थान गरी जम्मा १८ थान नेपाली नोट बरामद गरिएको वृत्त प्रमुख कोइरालाले बताए ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  ८ : २२ बजे

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग

अन्तराष्ट्रिय डेरी एक्स्पो २५ गतेदेखि भरतपुरमा आयोजना हुने

काठमाडौं– अन्तराष्ट्रिय डेरी एक्स्पो २०८२, पुस २५ गतेदेखि चितवनको भरतपुरमा