कर्मचारी समायोजन : दुर्गमका स्थानीय सरकारलाई समस्या, सुगमकै लागि कर्मचारीको मरिहत्ते « Khabarhub

कर्मचारी समायोजन : दुर्गमका स्थानीय सरकारलाई समस्या, सुगमकै लागि कर्मचारीको मरिहत्ते


९ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- समायोजनपछि ‘गाउँका सिंहदरबार’ सरकारी कर्मचारीले भरिभराउ हुन्छन्, विकास निर्माण र सेवा प्रवाहले गति लिन्छ भन्ने धेरैको आस थियो। तर यतिबेला दुर्गमका स्थानीय सरकारका लागि कर्मचारी समायोजन ‘हात्ती आयो हात्ती आयो फुस्सा’ जस्तै भएको छ। दुर्गममा कर्मचारी थपिनु त परै जाओस्, भएका कर्मचारीसमेत अन्यत्र सरुवा भएपछि गाउँका बासिन्दा निरास बनेको अन्नपूर्ण पोस्टमा खबर छ।

सीमित कर्मचारीको भरथेगमा चलेका स्थानीय निकायको सेवा प्रवाह ठप्प हुने अवस्था आएको छ। पहाडी र हिमाली क्षेत्रका दुर्गम गाउँपालिका कर्मचारीविहीन हुने अवस्थामा छन्।

अछामको तुर्माखाँड गाउँपालिका अध्यक्ष पुष्पराज शर्माले कर्मचारी समायोजन पहाडी र हिमाली जिल्लाका स्थानीय तहका लागि अभिसाप बनेको बताए। तुर्माखाँड गाउँपालिकाका कर्मचारी सुगममा सरुवा भएका छन्। ‘एकमात्र सचिव बचे। भेटनरी, महिला बालबालिका, कृषि, शिक्षाका कोही आएनन्,’ शर्माले भने, ‘भएका सरुवा भएर जाने, नयाँ नियुक्ति नहुने अवस्था छ। न स्थायी पठाउँछन् न गाउँपालिकालाई करार र ज्यालादारीमा कर्मचारी राख्न दिन्छन्।’
धमिराले खायो वाल्मीकि शिर्षकको अर्को समाचारमा काठमाडौंको प्रदर्शनी मार्गमा रहेको बाल्मिकी क्याम्पसको अवस्था लथालिंक बनेको छ । क्याम्पस परिसरमा रहेको पुस्तकालय जीर्ण बनेको छ भने त्यहाँका ऐतिहासिक पुस्तक पनि धमिराले खान थालेको छ ।

त्यस्तै न्याय नपाएकी सुमन जैसवालको पीडाको खबर पत्रिकाले प्राथमिकताका साथ छापेको छ । सिउँदो रंग्याउने वीरेन्द्रले घरबाट निकालेको उनले नागरिकता पनि नदिएको न्याय पनि नपाएको सुमनको कुरा छापिएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७५, शनिबार  ६ : ३१ बजे

नेपालको पुँजी बजार विकास मार्गचित्र : सन् २०३६ सम्म दक्षिण एशियाकै अग्रणी बजार बनाउने महत्वकांक्षी लक्ष्य

काठमाडौं– नेपाल धितोपत्र बोर्डले नेपालको पूँजी बजारलाई विश्वसनीय, पारदर्शी र

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

काठमाडौं– स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि दरखास्त

अमेरिकी आक्रमण नरोकिएसम्म हर्मुज जलमार्ग नखुल्ने इरानको चेतावनी

एजेन्सी– इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले अमेरिकाले आफ्नो ‘आक्रमणकारी गतिविधि’

उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति

फुङ्लिङ– फक्ताङलुङ गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने सबै विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको

पर्यटकको रोजाइमा त्रिवेणी पाटन

मान्म– कालीकोट र बाजुराको सीमा क्षेत्रमा पर्ने बडीमालिकाको त्रिवेणी पाटन आन्तरिक