पदयात्राका लागि जाने हैन मनास्लुको आधार शिविर ? « Khabarhub

पदयात्राका लागि जाने हैन मनास्लुको आधार शिविर ?



पर्वतारोही तथा पदयात्रीका लागि मनास्लु आधार शिविर (४८०० मिटर) को यात्रा आकर्षक गन्तव्य हुनेगर्छ । मनास्लु पर्वतको आधार शिविर नेपालमा पदयात्राको लोकप्रिय गन्तव्य पनि हो ।

आधिकारिक रुपमा सन् १९९२ मा खुला गरिएको आधार शिविर शहासिक पदयात्राका लागि प्रख्यात छ । मनास्लुको पदयात्राबाट हिमालका मनोरम दृश्य, साँस्कृतिक सम्पदाका र ग्रामिण सभ्यताको मीठो अनुभाव गर्न पाइन्छ ।

संस्कृत शब्दको मानस अर्थात् शब्दबाट राखिएको यस पर्वत ८ हजार १ सय ६३ मिटर अग्लो छ भने यो विश्वको आठौँ सर्वोच्च शिखर हो । त्यसैले पनि मनास्लु आधार शिविरको पदयात्रा अविस्मरणीय र उत्कृष्ट हुनसक्छ ।

गोरखाको ३५२० मिटर उचाइको सामागाउँबाट मनास्लु हिमाल ८१६३ मिटर (बायाँ) र पूर्वी शिखर ७९९२ मिटर (बायाँ) मा देखिएको सूर्याेदयको दृश्य ।

मनास्लु हिमालको आधार शिविरको पदयात्रा सोतीखोला बजारबाट बुढीगण्डकी भञ्जाङ्गसम्म रमणीय उपत्यकाका दृश्यहरुको अवलोकनसँगै शुरु हुन्छ ।

काठमाडौंबाट गोरखा जिल्लाको आरुघाट पुगेपछि शुरु हुने यो पदयात्रा १८ दिन लामो हुने गर्छ । पदयात्राका क्रममा यात्रीले बुढीगण्डकी नदीको किनारै किनारा उपत्यका, हरिया पहाड, जङ्गल, प्रार्थानाका लागि राखिएका पताकाहरु, बौद्ध स्तुपा, गाउँहरुको अनुपम अनुभव लिन सकिन्छ ।

मनास्लु आधार शिविरको पदयात्राका लागि सबैभन्दा उपयुक्त समय सेप्टेम्बरदेखि नोभेम्बर महिना वा मार्च अप्रिलदेखि मे महिनासम्म हुने गर्छ । झरी पर्ने मौसममा भने यो पदयात्रा जोखिमपूर्ण मानिन्छ ।

मनास्लु आधार शिविर ४८०० मिटर तर्फ खच्चड लिएर जाँदै स्थानीय । खच्चड र गधा मनास्लु क्षेत्रमा यातायातका प्रमुख साधनका रुपमा रहेका छन् ।

 

मनास्लु आधार शिखिरको बाटोमा पर्ने वीरेन्द्र तालको मनोरम दृश्य
मनास्लु आधार शिविरतर्फ सामान बोकेर लैजाँदै दुई महिला ।
मनास्लु आधार शिविरमा गाडिएका पालहरु (पृष्ठभूमिमा पान्पोचे हिमाल ६६२० मिटर देख्न सकिन्छ) । पर्वतारोहीहरु आधार शिविरमा पालमा ३० दिनसम्म बस्ने गर्छन् । हरेक वर्ष ५ सय भन्दा धेरै पर्वतोरोहीले मनास्लु हिमाल आरोहण गर्ने गरेका छन् ।

 

पग्लेको हिउँबाट पानी बोकेर लैजाँदै आरोही
मनास्लु आधार शिविर ४८०० मा बत्तिले उज्यालो बनाएका पालहरु
आधार शिविरमा हेलिकप्टोरलाई अवतरणका लागि निर्देशन दिइँदै । केही आरोहीहरु मनास्लु हिमालको आरोहण गरेपछि हेलिकोप्टरबाट सीधै काठमाडौँ फर्कने गर्छन् । हेलिकोप्टर उद्धार र खोजी कार्यका लागि पनि प्रयोग हुने गरेको छ ।
मनास्लु आधार शिविरमा देखिएको हेलिकोप्टर
आधार शिविरमाथिको आकाशमा फन्को मारिरहेको हेलिकोप्टर र कागहरु
माथिल्लो शिविरमा जाने तयारी गर्दै शेर्पा
पर्वतारोहीहरु क्याम्प १ तर्फ अघि बढ्दै
क्याम्प १ को जाने बाटोमा आरोहीहरु

प्रकाशित मिति : ९ चैत्र २०७५, शनिबार  २ : ३० बजे

पूर्वराष्ट्रपति भण्डारीद्वारा मतदान

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बूढानीलकण्ठ नगरपालिका–२ भङ्गालस्थित साविकको गाविस भवन

यो निर्वाचनले देश सञ्चालनको मार्गचित्र बनाउँछ : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौँको मैतीदेवी मन्दिर

पाल्पामा शान्तिपूर्ण मतदान (तस्बिरहरू)

काठमाडौं– पाल्पा जिल्लामा आज प्रतिनिधि सभा सदस्य चयनका लागि मतदान

पूर्वगृहमन्त्री लेखकले गरे कञ्चनपुरबाट मतदान

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकले मतदान

स्याङ्जाको एउटा केन्द्रमा भिजेका मतपत्र, मत बदर हुने चिन्ता

स्याङ्जा- मतदान अधिकृतको लापरबाहीले स्याङ्जाको एउटा मतदान केन्द्रमा मतपत्र भिजेको