हरेक हप्ता तलब दिने कानून बनाउन कांग्रेस नेता गुरुङको सुझाब | Khabarhub Khabarhub

हरेक हप्ता तलब दिने कानून बनाउन कांग्रेस नेता गुरुङको सुझाब


९ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कांग्रेस युवा नेता कल्याण गुरुङले हरेक हप्ता तलब दिने  गरि कानून ल्याउनुपर्ने बताएका छन् । महिना दिनसम्म तलव नदिँदा बजारमा पैसा प्रवाह नहुने र अर्थतन्त्र चलायमान नहुने गुरुङको तर्क छ ।

खबरहबसँग कुरा गर्दै गुरुङले भने – नेपालमा सरकारी र नीजि कार्यालयहरुमा काम गर्ने कर्मचारीहरूलाई महिनामा एक पटक तलब दिइन्छ, अझ सरकारी विद्यालयका शिक्षकहरुको तलब ४ महिनामा एक पटक दिइन्छ । यसो गर्दा एक बर्षमा जम्मा १२ पटक मात्र पैसा बजारमा प्रबाह हुन्छ । यसले कुनै लाभदायक प्रतिफल दिँदैन ।’

उनले देश विकासको लागि मौद्रिक प्रवाह बढी हुनु आवश्यक रहेको भन्दै सरकारी र नीजि कार्यालयहरुमा काम गर्ने कर्मचारी र शिक्षकहरुको तलब हरेक हप्ता दिने गरि कानून बनाउनु पर्ने बताए ।

गुरुङले थपे, ‘हप्तैपिच्छे तलब दिइयो भने वर्षमा कम्तिमा ५२ पटक पैसा देशमा प्रवाह हुन्छ । देशमा विकासको गतिलाई तीब्र तुल्याउने हो भने बहुलवादमा आधारित बहुदलीय लोकतन्त्र र मुद्रा (पैसा) लाई सुत्न दिन हुँदैन ।’

गुरुङले मौद्रिक प्रवाह हुँदा आर्थिक कारोबार बढ्ने, रोजगारीका अवसरहरु सिर्जना हुने भन्दै यस विषयमा गम्भीर बहसको शुरुवात गर्नुपर्ने बताए ।

प्रकाशित मिति : ९ चैत्र २०७५, शनिबार  ५ : ४५ बजे

मकवानपुर सेनवंश र कोशीसँगको साइनो

श्री ५ पृथ्वीनारायण शाहले वर्तमान नेपालको रुप सं. १८२५ मा

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्‌घाटन

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका