चीनमा रसायनिक कारखाना विस्फोट, ६४ जनाको मृत्यु « Khabarhub

चीनमा रसायनिक कारखाना विस्फोट, ६४ जनाको मृत्यु


९ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ–  पूर्वी चीनको जिआङसु प्रान्तमा अवस्थित एक रसायनिक कारखाना विस्फोटमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्यामा शनिबार ६४ पुगेको छ ।

स्थानीय समयानुसार बिहीवार अपराह्न २ः५० बजे जिआङसु प्रान्तको याङचेङ शहरमा अवस्थित रसाययिक कारखाना विस्फोट भएको थियो । स्थानीय पत्रपत्रिकाका अनुसार विस्फोट शक्तिशाली थियो ।

यस विस्फोटमा परी अझै पनि कैयौ व्यक्ति बेपत्ता रहेका र कारखाना विस्फोटको ४० घण्टापछि एक व्यक्तिलाई उद्धार गरिएको उद्धारकार्यमा संलग्न अधिकारीहरुले जानकारी दिएका छन् ।

जिआङसु प्रान्तको पूर्वी इलाकामा रहेको याङचेङ शहरमा रहेको औद्योगिक पार्कमा अवस्थित यस कारखाना विस्फोटमा सयौं व्यक्ति घाइते भएका छन् ।

पूर्णरुपमा ध्वस्त भएको यस कारखानाको भग्नावशेषबाट शनिबार बिहान एक व्यक्तिलाई जिवीतै उद्धार गरिएको हो । उद्धार कार्यपछि ती व्यक्तिलाई अस्पताल लगिएको तर उनको स्वास्थ्य स्थितिको विषयमा भने कुनै विस्तृत विवरण भने दिइएको छैन् ।

उद्धारकर्ताहरु अझै पनि बेपत्ता रहेका २८ व्यक्तिको खोजी कार्यमा लागेका याङचेङका मेयर चाओ लेबाओले जारी गरेको एक विज्ञप्तिमा जनाइएको छ ।

यद्यपीमा यस विस्फोटमा परी घाइते भएका करिब ६ भन्दा बढी व्यक्ति उपचारार्थ अस्पताल पुगेका थिए । ती मध्य २१ जनाको स्थिति चिन्ताजनक रहेको र ७३ जनाको गम्भीर घाइते भएका अपस्पताबाट जारी विज्ञप्तिमा जनाइएको छ । पाँच सय भन्दा बढी व्यक्ति उपचारपछि घर फर्किसकेका छन् ।

चीनमा केही वर्ष यता भएका घातक औद्योगिक दुर्घटना मध्ये यो पनि एक भीषण दुर्घटना बताइएको छ । आगलागी भएपछि भएको विस्फोटको समयमा भूकम्प मापन केन्द्रले २.२ म्याग्निच्युडको कम्पन मापन गरेको भूकम्प मापन निकायले जानकारी दिएको छ ।

विस्फोट निकै शक्तिशाली भएको र आगलागी शुरू भएको १२ घण्टापछि मात्र आगो नियन्त्रणमा लिइएको चिनियाँ सरकारी टेलिभिजनले जनाएको थियो ।

चीनमा यस्ता उद्योगहरुमा सुरक्षा व्यवस्थामा कमजोर भएको कारण औद्योगिक दुर्घटनाहरू भइरहेको पाइन्छ । गत वर्ष नोभेम्बरमा उत्तरी चीनमा रसायन पदार्थ बोकेको एक गाडी दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको थियो ।

गत वर्ष जुलाइमा दक्षिणपश्चिमी चीनको एउटा रसायन उद्योगमा विस्फोट हुँदा १३ जनाको ज्यान गएको थियो । हालैको वर्षको सबैभन्दा ठूलो दुर्घटना भने सन् २०१५ को अगस्टमा भएको थियो जसमा १६० जनाको मृत्यु हुनुका साथै १,००० घाइते भएका थिए ।

गत बिहीबारर भएको यस दुर्घटनाको कारणबारे अनुसन्धानरत रहेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७५, शनिबार  ९ : १० बजे

पश्चिम नवलपरासीमा व्यावसायिक तरकारी खेतीतर्फ किसानको बढ्दो आकर्षण

पाल्हीनन्दन– पश्चिम नवलपरासीमा व्यावसायिक तरकारी खेतीप्रति किसानको आकर्षण पछिल्ला वर्षहरूमा

रानी मुखर्जीको ‘मर्दानी ३’ रिलिज मिति सार्वजनिक 

काठमाडौं– बलिउडको चर्चित महिला–केन्द्रित प्रहरी फ्रेन्चाइज ‘मर्दानी’ फेरि एकपटक दर्शकमाझ

विपद्का घटनामा परी ४१५ जनाको मृत्यु, सबैभन्दा धेरै मृत्यु सर्पदंश र आगलागीका कारण

काठमाडौं– देशभर पछिल्लो ९ महिनामा विभिन्न विपद्का घटनामा परी ४१५

सुदन किराती र मेयर हर्क साम्पाङबीच भेट, निर्वाचन सहकार्यबारे छलफल

काठमाडौं– प्रगतिशील राष्ट्रिय अभियानका अध्यक्ष मण्डलका नेता सुदन किराती र