सकियो आतंकवादी संगठन इस्लामिक स्टेट ! « Khabarhub

सकियो आतंकवादी संगठन इस्लामिक स्टेट !


९ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरिया– सिरियाबाट आतंकवादी संगठन इस्लामिक स्टेटको नियन्त्रणमा रहेका सम्पूर्ण भूभाग अन्ततः फिर्ता भएको छ ।

इस्लामिक स्टेटविरुद्ध विगत साढे दुई महिनादेखि पूर्वी सिरियाको डिएर एजजोर प्रान्तमा रहेको बाघुज शहरमा अन्तिम लडाई लड्दै आएका अमेरिका समर्थित कुर्दिस लडाकु नेतृत्वको फौजले पूर्वी सिरियामा रहेको इस्लामिक स्टेटको भूभाग फिर्ता गरेको औपचारिक घोषणा गरेको हो ।

डिएर एजजोर प्रान्तको बाघुज शहरको निकै सानो क्षेत्रमा सिमित रहेको इस्लामिक स्टेटमाथि व्यापक सैनिक आक्रमणसँगै त्यहाँ इस्लामिक स्टेट पराजित भएको हो । यससँगै विगत चार वर्षभन्दा धेरै लामो समयदेखि सिरियामा आफ्नै शैलीको इस्लामिक राज्य स्थापना गरेको इस्लामिक स्टेटका लागि आफ्नो राज्य सञ्चालनका लागि कुनै भूभाग बाँकी नरहेको बताइएको छ ।

सिरियामा इस्लामिक स्टेटविरुद्ध लडिरहेको अमेरिका समर्थित कुर्दिस लडाकु नेतृत्वको सिरियन डेमोक्र्याटिक फोर्स एसडीएफका प्रवक्ता मुस्तफ बालीले ट्विटरमा सन्देश जारी गर्दै इस्लामिक स्टेट सम्पूर्ण भूभाग फिर्ता गरेको औपचारिक सन्देश जारी गरेका थिए ।

यसअघि शुक्रबार अमेरिकाको रक्षामन्त्रालयले इस्लामिक स्टेट पूर्ण रुपमा पराजित भइसकेको जनाएको थियो ।

अमेरिकी सहायक रक्षामन्त्री प्याट्रिक सनहनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई यसबारे जानकारी गराएको ह्वाइट हाउसकी प्रवक्ता साराह ह्युकबी स्याण्डर्सले जनाएकी छिन् ।

इस्लामिक स्टेटले आफ्नो नियन्त्रणमा रहेको भूभाग फिर्ता भएपनि इस्लामिक स्टेटले छापामार शैलीमा सैनिक तथा सर्वसाधारणलाई लक्षित गरी आफ्ना आतंकवादी गतिविधिलाई भने निरन्तरता दिनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७५, शनिबार  ७ : ४५ बजे

विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले केही विश्वविद्यालय ऐन संशोधनसम्बन्धी विधेयक

बागमतीमा सरकार टिकाउन तीन दलबीच नयाँ समझदारी, मन्त्रालय ८ भन्दा नबढाउने

काठमाडौं- बागमती प्रदेश सरकार सञ्चालनका लागि नेपाली कम्युनिस्ट पार्टी, नेकपा

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू

‘सरकारको कार्यशैलीमा प्रश्न गर्न सत्तापक्षका सांसदलाई कुनै रोकतोक छैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले वरिष्ठ नेता वालेन्द्र