सुत्नुअघि हरेक जोडीले गर्नुपर्ने ६ काम | Khabarhub Khabarhub

सुत्नुअघि हरेक जोडीले गर्नुपर्ने ६ काम


९ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

विवाहपछिको केही सयम दुई पार्टनरबीचको सम्बन्ध राम्रै चलेको हुन्छ । तर अचानक केही समस्या देखिन थाल्छ जसले गर्दा वैवाहिक जिन्दगीमा नै दरार उत्पन्न हुन्छ वा समस्या उत्पन्न हुन्छ ।

तपाईलाई विश्वास नलाग्न सक्छ तर कयौं पटक पतिपत्नीबीच सुत्ने बानिका कारण सम्बन्ध विच्छेदसम्मका घटनाहरु विश्वमा हुने गरेका छन् ।

हरेक चिजको आफ्नै महत्व र नियम हुन्छ । यस्तै नियम शयन कक्षामा पनि राख्न सकियो भने पति पत्नीबीच समस्या उत्पन्न हुँदैन । कहिलेकाही अनजानमा भएको गल्तीले पनि समस्या उत्पन्न हुन जान्छ । तर यसलाई व्यवस्थित गर्न केही उपाय अपनाउने हो भने विवाद वा समस्याको व्यवस्थापन गर्न सकिन्छ ।

त्यसका लागि सुत्नअघि केही काम गर्न जरुरी छ ।

१. यदी तपाईहरु (पति पत्नी) बेग्लाबेग्लै समयमा सुत्न जानुहुन्छ भने यसलाई सुधार गर्नुहोस् । वैवाहिक जीवनलाई सहज र राम्रोसँग चलाउन चाहनुहुन्छ भने दुबै जना सुत्न जाने समयलाई एकै बनाउँनुहोस् । यस्तो नहोस् कि एकजना काम सकेर आउँदा अर्को जना घुँरिरहेको होस् ।

२. प्रयास गर्नुहोस् कि सुत्नुभन्दा पहिला मोबाइल हातमा नहोस् । बेडरुममा टिभी राख्नबाट बच्नुहोस् । बरु म्युजिक प्लेयर राख्नुहोस् र सानो आवाजमा केही बजाउनुहोस् जो दुवैलाई ठिक लागोस् । सुत्नुअघि मोबाइल, ल्यापटप, टिभीलाई दिने समय आफ्नो पार्टनरलाई दिनुहोस् ।

३.घरायसी तनाव, कार्यालयको समस्या, राजनीतिक विषयलाई एकछिन छोडेर दुई जना दिनभरका गतिविधि बारे चर्चा गर्नुहोस् । माया प्रेम युक्त कुराहरु गर्नुहोस् जसले एक अर्कालाई नजिक ल्याउन सहयोग हुन्छ ।

४. एक अर्कालाई ध्यान दिने गर्नुहोस् । सानो सानो तारिफले तपाईकी पत्नी या पतीमा खुसी दिनसक्छ त्यसलै सानो कुरा विग्रदा गाली होइन माया प्रेम र राम्रो हुँदा तारिफ गर्ने बानीको विकास गर्नुहोस् ।

५. माया प्रेमको आआफ्नै शैली हुन्छ तर व्यक्त भावना भन्दा छोएर गरिने तारिफले माया प्रेम थप गाढा हुन्छ ।

६. ‘गुडनाइट किस’ दिन नभुल्नुहोला यसले एक अर्कामाथि थप माया प्रेम र स्नेह बढ्छ ।

प्रकाशित मिति : ९ चैत्र २०७५, शनिबार  ८ : ०२ बजे

केपी ओलीको ६ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबारदेखि सुरू दशौँ केन्द्रीय

एक सातामा ४ सय २८ जनामा देखियो डेंगु संक्रमण 

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ३७ जनामा डेंगुको संक्रमण पुष्टी

मधेसमा अर्को ‘ट्विस्ट’ लोसपापछि एमालेको समर्थनमा कांग्रेसले गर्‍यो सरकारमा दाबी 

जनकपुरधाम– मधेश प्रदेशको मुख्यमन्त्रीका लागि लोसपा पछि नेपाली कांग्रेसका संसदीय

ओलीले बुझेका जेन-जीका यी तीन माग

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र

सभामुख घिमिरे र राजनीतिक दलका प्रतिनिधिबीच छलफल

काठमाडौं– सभामुख देवराज घिमिरेले मुलुकको समसामयिक वर्तमान राजनीति अवस्थाका बारेमा