बेलुकाको खाना ढीला त खानुहुन्न ? स्वास्थ्यमा पर्नसक्छ गम्भीर असर « Khabarhub

बेलुकाको खाना ढीला त खानुहुन्न ? स्वास्थ्यमा पर्नसक्छ गम्भीर असर


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

तपाईं बेलुकाको खाना कुन समयमा खानुहुन्छ ? शारीरका लागि आवश्यक पर्ने खाना खाने समयमा ध्यान दिइएन भने त्यसले तपाईंको स्वास्थ्यमा गम्भिर असर पर्न सक्छ । स्वास्थ्य जीवनयापनका लागि राती ८ बजेभन्दा अगाडी नै खाना खानुपर्ने चिकित्सकहरु बताउँछन् ।

अहिले बदलिंदो समयसँगै मानिसको जीवनशैलीमा पनि तिब्र रुपमा परिवर्तन आइरहेको छ । पहिले पहिले मनिसहरु बिहान छिटो उठ्ने गर्थे र राति छिटो सुत्थे, तर अहिले राति ढीला सुत्ने र विहानपनि ढीला उठ्ने बानी आधुनिक जीवनको पर्याय जस्तै बनेको छ । यसरी राति ढीला सुत्दा मानिसहरुमा खाना खाने बानी पनि ढीलो हुन थालेको छ । यसले मानिसको स्वास्थ्यमा नराम्रो असर पर्न सक्छ ।

ढीला खाना खादाको असर यस्तो छ

–सुत्नमा समस्या हुन्छ

अबेर रातीमा खाना खानुले शरीरको स्लीप साइकिल डिस्टर्ब हुन्छ । सन २०१५ मात्र गरिएको एक अध्ययन अनुसार, अबेर राति खाना खानुनले निद्रामा त समस्या हुन्छ नै साथमा ग्यास्ट्रिकले पनि सताउँछ ।

–पाचन प्रक्रियामा समस्या

तपाईंलाई यदी ग्यास्ट्रिकको समस्या छ भने खाना खाने समयमा परिवर्तन गर्नुहोस् । अबेर राति खाएको खाना तपाईंको शरिरमा राम्ररी डाइजेस्ट हुन सक्दैन् । जसका कारण ग्यास्ट्रिकको समस्या बढ्छ ।

–तौल बढ्नु

अबेर राति खाना खानुले शरीरको स्केडियन क्लक पनि प्रभावित हुन्छ । स्केडियन क्लक बिग्रनुले निन्द्रामा समस्या आउनुका साथै हार्मोन्सको संतुलन पनि खराव भएर जान्छ । यसले शरीरको तौल बढ्न थाल्छ ।

–ब्लड प्रेसर बढ्छ

गलत समयमा खाएको खानाले शरीरलाई फाइदा भन्दा धेरै असर पुर्‍याउँछ । ढीला खाना खाँदा हृदयघात र मधुमेहको खतरा बढी हुन्छ । अध्ययनअनुसार, अबेर राति खाना खाँदा ब्लड प्रेसरको समस्या तथा ब्लडमा सुगरको लेवल समेत बढ्छ । जुन मानिसको स्वास्थ्यका लागि खतरनाक सावित हुन सक्छ ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  १२ : ०५ बजे

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष

संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन जिल्ला प्रशासन काठमाडौँको निर्देशन

काठमाडौँ : जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका सरकारी निकायमा कार्यरत

ओटीटी प्लेटफर्म अब कानुनी दायरामा, सञ्चालनका लागि अनुमति अनिवार्य

काठमाडौं । सरकारले डिजिटल प्रसारण क्षेत्रमा पहिलोपटक स्पष्ट कानुनी व्यवस्था

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी