तलब माग्दै कतारको अदालतमा नेपाली कामदार « Khabarhub

तलब माग्दै कतारको अदालतमा नेपाली कामदार


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-कतारस्थित डिजाइन कन्स्ट्रक्टिङ कम्पनीमा कार्यरत १ सय २० जना नेपाली तलब माग्दै त्यहाँको उच्च अदालत धाइरहेका छन् । कतारको श्रम विभाग, नेपाली दूतावास, कम्पनी र कामदारबीच श्रम विवाद नमिलेपछि कामदारहरु अदालत धाउन थालेको कान्तिपुर दैनिकमा खबर छ । कम्पनीले गत नोभेम्बरदेखिको तलब नदिएको हो ।

मञ्चमा अध्यक्षद्वयको हालीमुहाली सभा छाडेर हिँडे नेपाल शीर्षकको समाचारमा नेपाल प्रज्ञाप्रतिष्ठानको हलमा आयोजित नेकपाको ७० औं वार्षिकोत्सव कार्यक्रममा नौ वटा कुर्सी राखिएका थिए । राखिएका ती कुर्सीमध्ये दुईवटा विशिष्ट खालका कुर्सी थिए । ती सोफावाला थिए । अरु सातवटा सामान्य फलामे । अर्थात विशिष्ट र कनिष्ट झल्किने खालको दृष्य कुर्सीको व्यवस्थापनमा थिए ।

झण्डै १ बजे कार्यक्रम हलमा चार नेता अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेल एकैचोटी भित्रिए । उनीहरु छिर्ने वित्तिकै हुटिङ भयो । उनीहरुले अभिवादन गरे । त्यसअघि नै बरिष्ट नेता झलनाथ खनाललगायतका मञ्चमा पुगिससकेका थिए । केपी ओलीको दायाँ सिटमा खनाल बसिसकेका थिए । पार्टीको बरिष्ठ क्रममा ओली र दाहाल पछि नेपाल छन् । ओलीको दाया सिटमा खनाल, दाहालको बायाँ सिटमा बामदेव गौतम बसेका थिए । खनालभन्दा पल्लो सिटमा बस्नुपर्ने अवस्था नेपाललाई आयोग । नेपाल पार्टीका बरिष्ठता क्रम ख्याल गर्ने नेता पर्छन ।

त्यसपछि महासचिव विष्णु पौडेलले दुई अध्यक्षले सम्बोधन गर्ने भन्दै दाहाललाई मञ्चमा बोलाएपछि नेता नेपाल उठेर बाहिरिए ।

त्यस्तै पत्रिकाले नेकपामा मिलेको भागबन्डाको विषय, नेपाली–दिल्ली भाडा चार गुणाले बढेको, राजपामा महाधिवेशनलाई लिएर विवाद चर्किएकोलगायतका खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  ६ : ३१ बजे

पार्टीभित्र देखिएको अन्तरविरोधलाई समाधान गर्न ट्रेड युनियनको आग्रह

काठमाडौं– नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले पार्टीभित्र

वीरगञ्जको जनजीवन सामान्य बन्दै

वीरगञ्ज– सर्वदलीय र सर्वपक्षीय बैठकले विगत केही दिनदेखि वीरगञ्जमा भइरहेको

महोत्तरीमा ३७ वटा नयाँ मतदान केन्द्र थप

जलेश्वर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

चितवन राष्ट्रिय निकुञ्जमा साउनयता नौ गैँडाको मृत्यु

चितवन– चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउनयता नौ वटा

चन्दा सङ्कलन गरेर खेलमैदानका लागि जमिन किनियो

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–६ घारमा व्यवस्थित र सुविधायुक्त खेलमैदान निर्माण थालिएको